लकडाउनको आदेश कार्यान्वयन गर्न सप्तरीमा सेना परिचालन « Khabarhub

लकडाउनको आदेश कार्यान्वयन गर्न सप्तरीमा सेना परिचालन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सप्तरीमा सेना परिचालन गर्नु परेको छ ।

विना काम घर बाहिर निस्किन नपाउने गरी सरकारले लकडाउनको आदेश जारी गरेपनि सप्तरीका विभिन्न ठाउँमा सर्वसाधारणहरु घरबाहिर निस्किन छाडेका छैनन् ।

सर्वसाधारणहरु सामान्य दिनजस्तै जथाभावी घर बाहिर निस्किने र भिड जम्मा हुने स्थिति आएपछि प्रहरीलाई सहयोग पुग्ने गरी सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार अहिले सेनाको भीम दल गणबाट जिल्लाका ४ ठाउँमा सैनिक गस्ती खटाइएको छ ।

सप्तरी सदरमुकाम राजविराजसहित हनुमाननगर, कल्याणपुर र रुपनीमा सैनिक गस्ती खटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरी प्रशासनले लकडाउनको आदेश जारी गर्न सुरक्षाकर्मीको जनशक्ति कम भएको पनि जनाएको छ । हाल जिल्लामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जनशक्तिले आदेश कार्यान्वयन गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका एक अधिकारीले बताए ।

‘हामीले गृह मन्त्रालयलाई पत्र लेखेर जिल्लामा १ सय बढी प्रहरीले ३ सय ५० सम्म सशस्त्र प्रहरीको जनशक्ति पठाइदिन भनेका छौं,’ जिल्ला प्रशासन कार्यालय सप्तरीका एक अधिकारीले भने, ‘अहिले प्रहरी र सशस्त्र प्रहरीको संख्या कम भएकाले सेना परिचालन गर्नु परेको छ । गृहले माग गरिएको प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति पठाएपछि सैनिक गस्ती रोकिन्छ ।’

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ४६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण