कोरोनाका कारण टोकियो ओलम्पिक १ वर्षका लागि स्थगित « Khabarhub

कोरोनाका कारण टोकियो ओलम्पिक १ वर्षका लागि स्थगित


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० को ग्रीष्मकालीन ओलम्पिक स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जापानको टोकियोमा हुने तय भएको प्रतियोगिता स्थगित गरेको हो ।

आयोजक देश जापानका प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावमा सहमति जनाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०२१ सम्मका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि आगामी जुलाई महिनाको २४ तारिखदेखि प्रतियोगिता शुरु हुने गरी कार्यतालिका निर्धारण गरिएको थियो ।

क्यानडा र अस्ट्रेलियाले २०२१ मा गरे आफूहरुले सहभागीता जनाउने दुई दिन अगाडि सार्वजनिक गरेका थिए।

´मैले प्रतियोगिता १ वर्षका लागि सार्न गरेको प्रस्ताव आईओसीका अध्यक्ष बाच सहमत भएका छन्, ´ प्रधानमन्त्री आवेले भने,` यसले खेलाडीलाई राम्रो वातावरणमा खेल्न सहज हुनेछ।´

अब भने अर्को वर्षको ग्रीष्म ऋतुसम्मका लागि प्रतियोगिता सारिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ३७ बजे

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)