मकवानपुरका ३७ मोटरसाइकल नियन्त्रण | Khabarhub Khabarhub

मकवानपुरका ३७ मोटरसाइकल नियन्त्रण


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी सवारी चलाएको भन्दै ३७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ३७ मोटरसाइकल नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए ।

हेटौँडा बजार, मनहरी बजार, दामन पालुङ, चौघडा, शिखरपुरलगायत मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।

मकवानपुरमा अन्य आपत्तिजनक कुनै पनि गतिविधि नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : २५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल