नेपालगञ्जको क्वारेन्टाइनबाट भागेका ११ जना जाजरकोटमा | Khabarhub Khabarhub

नेपालगञ्जको क्वारेन्टाइनबाट भागेका ११ जना जाजरकोटमा


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमबार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोटमा पुगेको पाइएको छ ।

जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना बेलुकी राति पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।

नगर प्रमुख घर्तीका अनुसार भागेर आउनेमा भेरी –११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लीले खड्का, परवीर महतारालगायत छन् ।

उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए । भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये प्रवेश गरेको आशङ्का गरिएको छ ।

जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्नका लागि चाँजोपाँजो भएको छ ।

-रासस

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : १८ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी