फ्यानलाई कोरोना संक्रमण भएपछि साम्राज्ञीले दिनुपर्‍यो स्पष्टीकरण « Khabarhub

फ्यानलाई कोरोना संक्रमण भएपछि साम्राज्ञीले दिनुपर्‍यो स्पष्टीकरण


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले संसार आतंकित बनिरहेका बेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भेट गरेकी एक फ्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । साम्राज्ञीले फिल्म ‘मारुनी’ को प्रदर्शनका बेला लण्डनमा एक फ्यानसँग तस्वीर खिचाएकी थिइन् ।

ती युवतीले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसको संक्रमणमा परेको स्पष्ट पारेकी छिन् । युवतीलाई कोरोना भाइरस भएको समाचारसँगै साम्राज्ञीलाई पनि कोरोना संक्रमण भएको हुन सक्ने भन्दै कतिले प्रश्न गरेका छन् ।

यता साम्राज्ञीले ती युवतीको स्वास्थ्यलाभको कामना गर्दै ती युवतीलाई आफूले नचिन्ने प्रतिक्रिया दिएकी छिन् ।

‘मेरो देब्रेतिर भएकी युवतीलाई कोरोना भाइरसको संक्रमण भएको छ र यो तस्वीर २३ दिनअघि लिइएको हो,’ साम्राज्ञीले सामाजिक सञ्जालमा युवतीको तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘खासमा मैले ती युवतीलाई चिन्दिनँ, त्यो मेरो पहिलो र अन्तिम भेट थियो, उनले मसँग तस्वीर लिन चाहिन् ।’

उनले मिडियाले यो कुरालाई केही कुराबारे बुझ्दै नबुझी समाचार लेखेको भन्दै आपत्ति जनाइन् ।

केहीले साम्राज्ञीलाई पनि कोरोना भएको हुनसक्ने भन्दै चेक गराउन अनुरोध गरेका थिए । साम्राज्ञी भने घरमा आफ्नो समय बिताइरहेकी छिन् ।

उनले कोरोनाको संक्रमणमा परेकी युवतीको स्वास्थ्यलाभको कामना गर्दै सबैको साथ पाउनेमा विश्वास व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : १९ बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं–  पूर्वरथी बालानन्द शर्मा आज मन्त्री नियुक्त हुँदैछन् । उनलाई

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)