फ्यानलाई कोरोना संक्रमण भएपछि साम्राज्ञीले दिनुपर्‍यो स्पष्टीकरण « Khabarhub

फ्यानलाई कोरोना संक्रमण भएपछि साम्राज्ञीले दिनुपर्‍यो स्पष्टीकरण


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले संसार आतंकित बनिरहेका बेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भेट गरेकी एक फ्यानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । साम्राज्ञीले फिल्म ‘मारुनी’ को प्रदर्शनका बेला लण्डनमा एक फ्यानसँग तस्वीर खिचाएकी थिइन् ।

ती युवतीले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसको संक्रमणमा परेको स्पष्ट पारेकी छिन् । युवतीलाई कोरोना भाइरस भएको समाचारसँगै साम्राज्ञीलाई पनि कोरोना संक्रमण भएको हुन सक्ने भन्दै कतिले प्रश्न गरेका छन् ।

यता साम्राज्ञीले ती युवतीको स्वास्थ्यलाभको कामना गर्दै ती युवतीलाई आफूले नचिन्ने प्रतिक्रिया दिएकी छिन् ।

‘मेरो देब्रेतिर भएकी युवतीलाई कोरोना भाइरसको संक्रमण भएको छ र यो तस्वीर २३ दिनअघि लिइएको हो,’ साम्राज्ञीले सामाजिक सञ्जालमा युवतीको तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘खासमा मैले ती युवतीलाई चिन्दिनँ, त्यो मेरो पहिलो र अन्तिम भेट थियो, उनले मसँग तस्वीर लिन चाहिन् ।’

उनले मिडियाले यो कुरालाई केही कुराबारे बुझ्दै नबुझी समाचार लेखेको भन्दै आपत्ति जनाइन् ।

केहीले साम्राज्ञीलाई पनि कोरोना भएको हुनसक्ने भन्दै चेक गराउन अनुरोध गरेका थिए । साम्राज्ञी भने घरमा आफ्नो समय बिताइरहेकी छिन् ।

उनले कोरोनाको संक्रमणमा परेकी युवतीको स्वास्थ्यलाभको कामना गर्दै सबैको साथ पाउनेमा विश्वास व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : १९ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले