लकडाउनपछि भारतबाट सुदूरपश्चिममा मात्रै भित्रिए १ लाख ४० हजार नेपाली « Khabarhub

लकडाउनपछि भारतबाट सुदूरपश्चिममा मात्रै भित्रिए १ लाख ४० हजार नेपाली


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै सरकारले लकडाउन गरेपछि भारतबाट करिब १ लाख ४० हजार नेपाली स्वदेश फर्किएका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने सुदूर पश्चिम प्रदेशस्थित गौरीफण्टा-धनगढी, गड्डाचौकी महेन्द्रनगर, दार्चुला र झुलाघाट-बैतडीलगायतका प्रमुख चल्तीका नाका भएर करिब १ लाख ४० हजार नेपालीहरू स्वदेश फर्किएको विवरण प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका ९ जिल्ला, चितवन र प्रदेश नं २ सम्म पुग्न आएका व्यक्तिहरूलाई पठाइएको छ र यी मध्ये कसैमा पनि संक्रमण नदेखिएको दाबी गरे ।

अब स्थानीय सरकारहरूले आआफ्नो पालिकामा आइपुगेका हरेक आगन्तुकलाई एकान्तबासमा राख्ने, घुलमिल नगराउने तथा तोकिएको अवधिसम्म हेरेर संक्रमणबाट सुरक्षित हुन सक्रिय रहने भूमिका निर्वाह गर्नु अत्यावश्यक भएको उनले बताए ।

सबै स्वास्थ्यचौकी, स्वस्थ्यकर्मी र स्वास्थ्य कार्यकर्ता एवं राजनीतिक कार्यकर्ताहरू समेत अपडेट भएर जनताको जीवनरक्षाको यस अभियानमा सावधानी, सचेतनता र सक्रियताका साथ जुट्नु जरूरी देखिएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया