एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान | Khabarhub Khabarhub

एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

एआइजीमा बढुवा भएका तारिणीप्रसाद लम्साल, शैलेश थापाक्षेत्री र हरिबहादुर पाललाई आज एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

नेपाल सरकार (मन्त्रीपरिषद्) को २०७६ चैत ९ गतेको निर्णयअनुसार उनिहरु तीनै जना प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुको मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको प्रसङ्ग जोड्दै सङ्गठनलाई थप चलायमान बनाउनेतर्फ लाग्न निर्देशन दिए ।

पदोन्नती भएका लम्साल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी), क्षेत्री मानवस्रोत तथा प्रशासन विभाग र पाल अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : २९ बजे

आज कर्णाली प्रदेश स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

कर्णाली– कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

टप टी-२० सिरिज : आज मेलबर्नसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।