डेढ करोड नेपालीमा क्षयरोगको किटाणु, वार्षिक ४५ हजारमा नयाँ संक्रमण « Khabarhub

डेढ करोड नेपालीमा क्षयरोगको किटाणु, वार्षिक ४५ हजारमा नयाँ संक्रमण


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियमित रुपमा औषधि सेवन गरेमा क्षयरोग अर्थात टीबी रोग पूर्ण रुपमा निको हुन्छ । सरकारले क्षयरोगका बिरामीका लागि निशूल्क औषधि उपचारको व्यवस्था गरेको छ । नेपालमा क्षयरोग कार्यक्रममा वार्षिक ६७ करोड खर्च हुने गरेको छ ।

सरकारले क्षयरोग कार्यक्रम अन्तर्गत रोगीको पहिचान, औषधि उपचार र सचेतनाका कार्यक्रममा यो रकम खर्च गर्ने गरेको छ । सरकारले क्षयरोग कार्यक्रममा करोडौ खर्च गरेपनि न सबै क्षयरोगी उपचारको पहुँचमा आएका छन् न त क्षयरोग प्रतिको समाजको नकारात्मक सोच नै परिवर्तन भएको छ ।

निको हुने रोग भएपनि समाजमा क्षयरोगका बिरामीलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको राष्ट्रिय क्षयरोग केन्द्रका नीति, योजना तथा अनुगमन शाखाका प्रमूख डा अनिल थापा बताउँछन् ।

‘दुर्गम क्षेत्रमा टीबी रोग लाग्ने वित्तिकै भयावह रोग लाग्यो सबैलाई सार्छ भन्ने मानसिकता छ, जसले गर्दा टीबी भएका बिरामीहरु अझैपनि परिवार र समाजबाट विस्तापित भएरहनुपर्ने अवस्था छ,’ डा थापाले भने, ‘दुर्गम क्षेत्रमा खटिने स्वास्थ्यकर्मीले हामीलाई सुनाउँनुहुन्छ, टीबी भएकै कारण पतिपत्निबीच सम्बन्ध विच्छेद समेत हुने गरेको छ, त्यसैले टीबी रोग सामाजिक रोगको रुपमा रहेको छ ।’

राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकको अनुसार डेढ करोड नेपालीमा क्षयरोगको किटाणु रहेको छ । क्षयरोगका किटाणु भएकामध्ये वार्षिक ४५ हजार व्यक्तिमा क्षयरोगको संक्रमण रहेको केन्द्रको तथ्यांक छ । जसमध्ये वार्षिक ६ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रका निर्देशक डा भिमसिंह तिंकरी बताउँछन् । नेपालमा नयाँ तथा पुराना क्षयरोगका बिरामीको संख्या वार्षिक ६० हजार रहेका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा १ लाख ९६ हजार ३ सय ६२ जना व्यक्तिमा क्षयरोगको आशंकामा खकार परीक्षण भएकोमा ३२ हजार ४ सय ७४ जनामा क्षयरोग पत्ता लागेको थियो । वार्षिक थपिने नयाँ रोगी र पहिचान भएका रोगीको आँकडालाई हेर्दा करिब १३ हजार बिरामी केन्द्रको सम्पर्कमा नरहेको डा तिंकरी बताउँछन् ।

उनले भने, ‘१३ हजार क्षयरोगका नायँ बिरामी पत्ता लगाइ राष्ट्रिय क्षयरोगको कार्यक्रम अनुसार उपचारको पहुँचमा ल्याउनुपर्ने अवस्था छ ।’

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : ०१ बजे

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको

लिभिङ टुगेदरमा महिलाको अत्यधिक शोषण

काठमाडौं- पछिल्लो समय पश्चिमाको सिको गर्दै नेपालमा पनि युवाहरु ‘लिभिङ

मनसुन अवधिमा सरदरभन्दा वर्षा कम र तापक्रम बढ्ने पूर्वानुमान

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा