यी ५ खराब आचरणबाट सर्नसक्छ कोरोना | Khabarhub Khabarhub

यी ५ खराब आचरणबाट सर्नसक्छ कोरोना


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको त्रास विश्वभर फैलिएको छ । जसका कारण विश्व स्वास्थ्य संगठनले यस संक्रमणलाई महामारको घोषणा गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न हेल्थ एक्सपर्टहरु स्वच्छतामा विशेष ध्यान दिन सल्लाह दिन्छन् । दैनिक १५ पटकभन्दा बढि हात धुने वा बारम्बार स्यानिटाइजरको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

न्यूयोर्क यूनिर्भसिटीको लैंगोन मेडिकल सेन्टरकी एलर्जी तथा इन्फेक्शियस स्पेशलिस्ट पूर्वी पारिखले कोरोना संक्रमणको जोखिम कम गर्न केहि खराब आचरणमा सुधार ल्याउनु पर्ने बताएकी छन् । पूर्वी पारिखका अनुसार मानिसहरुमा रहने केहि खराब आचरणले कोरोना भाइरसको जोखिम निम्त्याउँछ । जसका कारण ति आचरण तत्काल छाड्नुपर्ने हुन्छ ।

१. नङ चपाउने बानी छ भने तत्काल त्यस आचरणलाई त्याग्नु पर्छ । अन्यथा नङमा रहने कोरोनाका भाइरस सहजै मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।

२. बिना कारण आफ्नो अनुहार, नाक, मुख वा आखाँ छोइरहने स्वभाव भएका मानिसले यो आचरण त्याग्नु पर्दछ । यसले संक्रमणको जोखिम उच्च पार्दछ ।

३. मुखमा हात लगाइरहने बानी पनि कोरोना सर्ने कारण बन्न सक्छ । त्यसैले सेचत बन्नुहोस् । जुनसुकै बेलामा मुखमा हात नहाल्नुहोस् । मुखमा हात लगाउनुअघि साबुनपानीले मज्जाले धुनुहोस् ।

४. जथाभावी जिउ कन्याउने, छुने वा कपाल चलाइरहने र मुख तर्फ लानेमा पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम रहन्छ । जसका कारण जति नै स्वच्छताको ख्याल राखेपनि यहि आचरणबाट पनि कोरोनाको संक्रमण हुनसक्छ ।

५. चुइगम चपाउने बानी भएका कतिपय मानिसमा बीचमा केहि खानु परे चपाउदै गरेको चुइगम कागज वा केहिमा बाहिर निकालेर राख्ने बानि हुन्छ । यसमा पनि कोरोनाको जोखिम उच्च रहन्छ । हेल्थलाइनबाट

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ४९ बजे

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई