कोरोना विरुद्ध लड्न दुई अस्पताललाई मेस्सीको आर्थिक सहयोग « Khabarhub

कोरोना विरुद्ध लड्न दुई अस्पताललाई मेस्सीको आर्थिक सहयोग


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न १० लाख युरो आर्थिक सहयोग गरेका छन् ।

उनले अर्जेन्टिनाको रोसारियो अस्पताल र बार्सिलोनामा रहेको अस्पताललाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

मेस्सीले १० लाख युरो कोभिड १९ विरुद्ध खर्च गर्ने घोषणा गरेको इएसपीएन एफसीले जनाएको छ । विश्वभर फैलिइसकेको कोरोना संक्रमणको त्रास जारी रहँदा होम क्वारेन्टाइनमा रहेका मेस्सीले सहयोग गरेका हुन् ।

यस्तै, लिभरपुलका प्रशिक्षक पेप ग्वाडिओलाले पनि १० लाख युरो कोरोनाविरुद्ध खर्च गर्नेगरि दुई अस्पतालमा सहयोग गर्ने घोषणा गरेका छन् । उनले मेडिकल कलेज अफ बार्सिलोना र एन्जल सोलेर ड्यानीयल फाउन्डेसनलाई सहयोग गर्ने बताएका छन् ।

यसअघि स्वीडेनका जाल्टन इब्रामोभिचले इटालीका कोरोना पिडीतको उपचारका लागि कोष नै स्थापना गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १२ : १४ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति