हत्या आरोपमा महिलासहित २ पक्राउ « Khabarhub

हत्या आरोपमा महिलासहित २ पक्राउ


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषाको शहीद नगरपालिकामा होलीपर्वमा एक व्यक्तिको हत्याको अभियोगमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको छ ।

सो नगरपालिका वडा नं ३ बस्ने ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नं ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शहीदनगरको डिहवारस्थित आफ्नै घर कोठामा सुतिरहेका राजकिशोरमाथि फागुन २७ गते होलीपर्वमा कङ्क्रिट प्रहार गरी हत्या गरेको बताइएको छ ।

नियन्त्रणमा लिएका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : १० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान