भारतमा लकडाउनपछि २ सय भन्दा बढी नेपाली दिल्लीमा अलपत्र | Khabarhub Khabarhub

भारतमा लकडाउनपछि २ सय भन्दा बढी नेपाली दिल्लीमा अलपत्र


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस फैलने क्रम बढेपछि यतिबेला  भारत र नेपाल दुबै मुलुक लकडाउनमा रहँदा २ सय भन्दा बढी नेपालीचाँही दिल्लीमै अलपत्र परेका छन् ।

नेपाल जान हिँडेका करिब दुई सय नेपाली अझै दिल्लीमा अलपत्र परेका हुन् । महामारीको त्रासले भारतमा काम गर्दै आएका उनीहरु व्यापार व्यवसाय बन्द भएपछि नेपाल हिँडेका हुन् ।

तर भारतमा लकडाउन भएपछि उनिहरु दिल्लीमै अलपत्र अवस्थामा रहेका हुन् । घर जानै लागेपछि लकडाउनले यात्रुवाहक रेल र बससेवा बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् ।

उनीहरुमध्ये दल्लीको नोयडा सेक्टरमा ८० भन्दा बढी अलपत्र छन् । पचासभन्दा बढी अधिकांश त्यही क्षेत्रमा क्यान्टिन, पसल र ठेला गाडा चलाउने लगायतका पेशामा संलग्न थिए।

यस्तै पचास भन्दा बढी हरियाणाको गुवगावँको मेदान अस्पताल छेउछाउमा अलपत्र परेको बताइएको छ । बैंग्लोरबाट आएका २५ जना त दिल्लीकै छतरपुरमै तीन दिनदेखिनै अलपत्र अवस्थामा छन् । यसका अतिरिक्त गोवाबाट आएका दश जना दिल्लीको पन्जाबी बागमा अलपत्र छन् ।

नेपाली अलपत्र परेका सूचना पाएपछि भारतस्थित नेपाली दूतावासले खानपानको प्रबन्ध गर्दै के गर्न सकिन्छ भन्नेबारे समन्वयको तयारी थालेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : २० बजे

थप सय वटा स्मार्ट विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड

‘टेक एण्ड पे’मा पुनः विचार गर्न सांसदको सुझाव

काठमाडौं– सांसदहरूले ‘टेक एण्ड पे’ प्रावधान विचार गरेर मात्रै लागू