बुटवल–नारायणगढ सडकको स्तरोन्नति कार्यको प्रधानमन्त्रीबाट शिलान्यास « Khabarhub

बुटवल–नारायणगढ सडकको स्तरोन्नति कार्यको प्रधानमन्त्रीबाट शिलान्यास


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नति गर्ने आयोजनाको शुक्रबार बुटवलमा शिलान्यास गरेका छन् ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा बुटवलदेखि नारायणगढसम्मको १ सय १३ किलोमिटर सडकको स्तरोन्नति कार्य शुरु भएको हो ।

सडक स्तरोन्नतिका लागि चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर आगामी साढे तीन वर्ष भित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । आयोजनाका अनुसार बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुने छ ।

पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ ।

सो शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रम ओलीले मुलुक लामो समयको राजनैतिक अन्यौलताको अन्त्य गर्दै शान्ति र समृद्धिको दिशामा अघि बढेको बताए । नेपालमा विकासका थुप्रै सम्भावनाहरु रहँदा रहँदै पनि बिगतमा सोंचको अभावका कारण बिकास निर्माणका कार्यले गतिलिन नसकेको दावी गर्दै प्रम ओलीले भौतिक पुर्वाधार र आर्थिक बिकासका लागि सरकार नयाँ सोंचका साथ अघि बढिरहेको जानकारी दिए ।

सो अवसरमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महसेठ, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, पुर्वमन्त्री एवं नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध ढंगले अघि बढेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ८ : ३५ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको