विदेशबाट फर्किएकालाई स्वास्थ्य संस्थाको सम्पर्कमा आउन आग्रह « Khabarhub

विदेशबाट फर्किएकालाई स्वास्थ्य संस्थाको सम्पर्कमा आउन आग्रह


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिको सूची सङ्कलन गर्दै नजिकको स्वास्थ्य सस्थाको सम्पर्कमा आउन आग्रह गरेको छ । साथै जिल्ला अस्पतालले पनि कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिम नियन्त्रणमा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

अस्पतालका निमित्त प्रमुख डा. शिशीर देबकोटाले विदेशबाट फर्केका सबैले अस्पतालमा सम्पर्क गरी एकपटक स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तहले विदेशबाट फर्केकाको पहिचान गरी अनिवार्य रुपमा अस्पतालको सम्पर्कमा पठाउन वडा अध्यक्षलाई आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयले फलेबास सहित कुस्मा, मोदी , जलजला र महाशिला गाउँपालिकामा विदेशबाट आएकाको पहिचान गरिरहेको जनाएको छ । सबै स्थानिय तहका वडा अध्यक्षलाई परिचालन गरि विवरण सङकलन गर्ने काम भइहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । फोन नम्बर सहितको विबरण सङ्कलन गरेर स्वास्थ्यकर्मीको निगरानीमा राख्ने प्रयास भएको उनले बताइन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : ४६ बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले