कोरोना कसरी सर्छ ? कसलाई जोखिम छ ? : डा. पाण्डेको जवाफ « Khabarhub

कोरोना कसरी सर्छ ? कसलाई जोखिम छ ? : डा. पाण्डेको जवाफ


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेको छ । नेपालमा पनि अहिले सम्म तीन जनामा यो भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना केही समय अघि नै निको भइसकेका छन् ।

अन्य दुई जनाको भने अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन सरकारले यतिबेला लकडाउन गरेको छ । मानिसहरु घर भित्रै बसिरहेका छन् ।

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र समीर (पाण्डे)का अनुसार अनावश्यक रुपमा डराउने भन्दा पनि सचेत र सावधान रहन जरुरी छ ।

डा पाण्डे कोरोना भाइरसको संक्रमणबारे यसो भन्छन् 

चीनको डाटा अनुसार कोरोना संक्रमितमध्ये ८१ % लाई साधारण लक्षण देखिएर आफै निको भए । लगभग १३.८ % लाई गम्भीर लक्षण देखिएका थिए । उनीहरुलाई सास फेर्न गाह्रो हुने तथा अक्सिजन सपोर्ट आबश्यक भएको थियो ।

४.७ % क्रिटिकल अवस्थामा थिए जसको मल्टिपल अर्गान फेलियर, स्वाश्प्रश्वास फेलियर तथा सेप्टिक सक भएको थियो । २.३ % को मृत्यु भएको थियो | मृतक अधिकांश ७० बर्षमाथिका तर गम्भीर / दीर्घकालीन रोग भएका थिए ।

सतर्क रहनुपर्ने व्यक्तिहरु :

. ६५ बर्षमाथिका व्यक्तिहरु ।
. ती बिरामी जो लामो समयसम्म अस्पताल बसिरहेका छन् ।
• ती व्यक्ति जसको दीर्घ फोक्सोको रोग छ वा गम्भीर दमको रोग छ ।
• ती व्यक्ति जसको रोग प्रतिरोधात्मक क्षमता छैन जस्तै क्यान्सरको गम्भीर चरणमा भएका बिरामी ।
• जो अत्यधिक मोटा छन् र उनीहरुलाई दीर्घ मधुमेह, किड्नी फेल, कलेजोको दीर्घ रोग छ ।
• गर्भवती महिला जसलाई अन्य दीर्घ रोग छन् ।

तसर्थ अनाबश्यक डर मान्नु जरुरी छैन । पूर्णरुपमा घरभित्र बस्यो भने कोरोना भाइरस सर्दैन । लक डाउनको पूर्ण पालना गरौँ ।

कोरोना भाइरस कसरी सर्दछ ?

. कोरोना भाइरस मुख्यतया संक्रमितले खोक्दा, छ्युं गर्दा, बोल्दा मुखबाट निस्किने छिटा, कण आदिको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्दछ । ती छिटा तथा कण भुइंमा, भित्तामा, सिटमा, टेबलमा, कपडामा पनि जाने भएकोले त्यहाँ छुँदा पनि सर्दछ । अर्थात हातबाट मुख, नाक हुँदै सर्दछ । यो भाइरस आँखाबाट पनि सर्दछ ।

. हावा ओहोरदोहोर नगर्ने कोठामा यो भाइरस केहि घण्टा रहन सक्छ । यसरी पनि यो रोग सर्न सक्छ ।

. दिशाबाट पनि यो रोग सर्न सक्ने अनुसन्धानले देखाएको छ ।

. आँशु, र्याल, सिंगान, खकार, विर्य, योनिश्राब लगायत अन्य ‘ बोडी फ्लुइड ‘ बाट पनि यो रोग सर्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

. छालाको छिद्र, रोमकुप आदिबाट सर्ने / नसर्ने बारे अध्ययन भइरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  २ : ०२ बजे

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा