तराईंमा कोरोना सर्ने जोखिम उच्च : मुस्लिमहरुलाई दूरी बनाएर नमाज पढ्न आग्रह « Khabarhub

तराईंमा कोरोना सर्ने जोखिम उच्च : मुस्लिमहरुलाई दूरी बनाएर नमाज पढ्न आग्रह


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– शहरी क्षेत्रमा मानिसमा चेतनाको अभिवृद्धिले एकापसमा दूरी बनाएर बसेका छन् भने ग्रामीण क्षेत्रमा अझै भिडभाडमा नै बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका मानिसले मास्क पनि अलि कमै लगाएको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरु चिया पसलमा घण्टौँ गफ गरेर बस्ने र एकार्कादेखि कति फरकमा बस्ने हो भन्ने पालना नगरेकाले समस्या जटिल देखिएको छ । यो समस्या हरेक गाउँमा देखिएको छ ।

खासगरी पहाडी बाहुल्य नभएको गाउँमा यो समस्याले कुन बेला विकराल रुप लिन लिन्छन् भन्न सक्ने अवस्था छैन । उनीहरुले अहिले पनि गाउँघरमा लाग्ने हटिया बजारमा सामूहिक रुपमै जाने र भीडभाडमै आफ्ना सामान खरीद गर्ने गर्नाले भाइरस एकबाट अर्कामा सजिलै सर्न सक्ने सम्भावना रहन्छ ।

मुसलमानले मस्जिदमा प्रार्थना गर्दा पनि दूरी राखेर गर्नुपर्ने बुद्धिजीवी बताउँछन् । प्रार्थना र मलामी जाँदा सामूहिक रुपमा एकापसमा जोडिएर गर्ने परम्परा र धार्मिक मान्यतालाई केही दिनका लागि विश्राम दिनुपर्ने तिनको भनाइ छ ।

सुनसरी, सोनापुर क्षेत्रमा मुसलमानको प्रार्थना गर्ने १० मस्जिदमध्ये चार वटामा शुक्रवार नमाज पढ्ने गरिए पनि अहिले कोरोना भाइरसको महामारीका कारण सबै मस्जिदमा शुक्रबार नमाज पढ्न आदेश भए पनि दूरी कायम गरेर पढ्न भने सूचना जारी नभएको सोनापुर गाविसका पूर्वअध्यक्ष हाजी मोहम्मद अब्दुलले जानकारी दिए । सुनसरीका करीब ५० गाउँमा प्रत्येक गाउँ दुईदेखि १० मस्जिद छन् । सँगै बसेर पढ्दा रोग फैलिन कति पनि समय नलाग्ने भएकाले मुसलमान सचेत हुुनुपर्ने अब्दुल बताउँछन् ।

सुनसरी सोनापुरकै हाजी सतिमका छोरा मोहम्मद मुस्ताक कतारबाट बिदा मनाउन घर आए पनि उनले कुनै जाँच गराएका छैनन् । यसबाट धेरै मानिसमा शङ्का उत्पन्न भइरहेकाले प्रहरीले यसमा विशेष ध्यान दिएर तिनलाई क्वाइरेन्टाइनमा लैजानुपर्ने नाम नबताउने शर्तमा एक स्थानीयवासीले माग गरेका छन् ।

सुनसरी चाँदबेला निवासी हाजी सफिम हम्मदले पैगम्बर हजरत मुहम्मदले पनि आपत्विपद्मा होशियार भएर बस्नू भन्ने सन्देश दिएको उल्लेख गर्दै मुसलमानले पनि कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने नियम पालना गर्नु जरुरी रहेको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ३ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै