भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट « Khabarhub

भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राखिएको विषयलाई लिएर बैतडीमा एकजना स्वास्थ्यकर्मीमाथि निर्धात कुटपिट भएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका–५ को क्वारेन्टाइनमा राखिएका ७ जनाको विषयलाई लिएर स्वास्थ्यकर्मी करनसिंध धामीमाथि निर्घात कुटपिट भएको हो ।

पुर्चौंडी नगरपालिकाले हालै भारतबाट फर्किएका युवाहरुलाई वडा नम्बर ५ मा क्वारेन्टाइन बनाएर राखेको थियो । तर, क्वारेन्टाइनमा रहेका ७ जनामध्येका एक युवा सुनिल जागरीका बुवा नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट गरेका हुन् ।

गाजरीले स्वास्थ्यकर्मी धामीमाथि चिर्पटले प्रहार गर्दै उनको औंला समेत चपाइ दिएका छन् ।

कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पु¥याइएको पुर्चौंडी नगरपालिकाका रण बहादुर कुँवरले जानकारी दिए ।

‘हाम्रो मान्छेलाई किन क्वारेन्टाइनमा राखेको भन्दै नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्,’ मेयर कुँवरले खबरहबसँग भने, ‘हातपात गर्दा हाम्रा स्वास्थ्यकर्मी घाइते हुनुभएको छ । घाइतेलाई अहिले उपचारका लागि लगिएको छ ।’

मेयर वमका अनुसार स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जागरीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ५ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया