सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द « Khabarhub

सप्तरीका सबै पत्रपत्रिकाको प्रकाशन बन्द


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् ।

सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

राजविराजसहित जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएका छन् ।

लकडाउनको समयमा बाहिर निस्कन नमिल्ने भएकाले पत्रिका प्रकाशन गर्न समस्या भएको हो ।

पत्रिका प्रकाशन गरे पनि यहाँ पत्रिका बिक्रीवितरण गर्ने मान्छे तयार नभएका कारण प्रकाशन बन्द भएको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष यादवले बताए ।

साथै राजविराज बजारसहित अधिकांश पसल बन्द भएका कारण ग्राहकसम्म पत्रिका पुर्‍याउन समस्यासमेत भइरहेको भन्दै पत्रिका प्रकाशन बन्द गरिएको हो ।

जिल्लाबाट सञ्चालित अनलाइन भने निर्वाध सञ्चालन हुने गरेको पत्रकार महासङ्घका उपाध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ११ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन