भोका मान्छे खोज्दै खुवाउँदै ‘राष्ट्रिय वैश्य युवा महासंघ’ « Khabarhub

भोका मान्छे खोज्दै खुवाउँदै ‘राष्ट्रिय वैश्य युवा महासंघ’


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- ‘राष्ट्रिय वैश्य युवा महासंघ’ले भोकै रहेका मानिसलाई नि:शुल्क खाना खुवाउन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि अलपत्र परेका तथा खान नपाएका मानिसलाई महासंघले नि:शुल्क खानाको व्यवस्था गरेको हो ।

महासंघले ‘जनकपुरधामभित्र कोही भोकै हुनुहुन्छ भने हामीलाई फोन गर्नुस्। वैश्य समाजद्वारा निःशुल्क खाना उपलब्ध छ’ भन्ने सूचना निकालेको छ । त्यसका लागि ९८५४०२०१८८ र ९८५४०२१६४६ दुई नम्बर सम्पर्कका लागि सार्वजनिक गरेको छ ।

‘राष्ट्रिय वैश्य युवा महासंघ’ नामको फेसबुक एकाउण्टमा पोष्ट भएको यो आह्वान अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सुनचाँदी व्यावसायी संघ, वैश्य समाज र जानकी फाइनाइन्स जनकपुरका अध्यक्ष अमरनाथ गुप्ताले गरेको पोस्टमा उनको प्रसंशासहित पोस्ट लगातार सेयर भइरहेको छ । उनले भोकै रहेकाहरुले फोन गरेपछि बसेकै ठाउँमा खाना पुर्‍याउने गरेको बताए ।

फेसबुकमा सन्देश राख्ने बित्तिकै जनकपुरको पिडारी चोकबाट चार जनाले फोन गरी लकडाउनका कारण भोकै बसेको जानकारी गराएको बताए।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ५ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया