कर्णालीका ११० जना क्वारेन्टाइनमा « Khabarhub

कर्णालीका ११० जना क्वारेन्टाइनमा


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ ।

आज फेरि सम्पर्कमा आएका थप आठ पुरुषलाई वीरेन्द्रनगर नगरापालिकाको सहयोगमा जननमूना मावि सुर्खेतको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु बाँके नेपालगञ्जको रुपैडिया र सुदूरपश्चिम कञ्चनपुरको गड्डाचौकी हुँदै सुर्खेत भित्रिएको बताउँदै आज आएकासहित गरेर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११० पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सुर्खेत भित्रिएकामध्ये १०४ पुरुष र ६ महिला रहेको जानकारी दिएका छन् ।

जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रायमाझीले ७८ जना होटल अशोकामा, २४ जनालाई अन्तरनिर्भर समाज सुर्खेतको छात्रावास र आठ जनालाई जननमूना मावि सुर्खेतमा राखिएको जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया