कोरोना संक्रमित युवतीसँगै नेपाल आएका पाँच जना क्वारेन्टाइनमा | Khabarhub Khabarhub

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका पाँच जना क्वारेन्टाइनमा


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा- कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै नेपाल आएका बाह्रदशी गाउँपालिका-१ निवासी एक व्यक्तिसहित पाँच जनालाई नै क्वारेन्टाइनमा राखिएको छ।

कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसँगै वाह्रदशी-१ खयरवारीका एक युवा पनि नेपाल आएका थिए।

सामाजिक सञ्जालमा सो उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि गाउँपालिकाले उनलाई आजबाट क्वारेन्टाइनमा राखेको बाह्रदशी गाउँपालिका-३ का अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिए।

कतारबाट नै आएका अर्का एक व्यक्तिलाई पनि बाह्रदशी गाउँपालिकाले आजदेखि क्वारेन्टाइनमा राखेको छ। क्वारेन्टाइनमा राखिएका ती युवाले आफूहरुको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक भएको र परिवारलगायत अरुलाई नआत्तिन सुझाव दिएका छन्।

यता झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उक्त विमानमा आएका भनिएका झापाका पाँचै जना स्वस्थ रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र