विद्युत महशुलमा २० प्रतिशत छुट दिने तयारी « Khabarhub

विद्युत महशुलमा २० प्रतिशत छुट दिने तयारी


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत महशुलमा छुटको तयारी गरेको छ ।

कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सरकाले लकडाउन गरेसँगै बजारमा खाना पकाउने ग्यासको अभाव सिर्जना हुन नदिन विकल्पका रुपमा इन्डक्सन चुल्होको प्रयोगमा विद्युत महशुलमा छुट दिने तयारी गरेको हो।

ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत मन्त्री मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस्तो व्यवस्था मिलाउन मौखिक निर्देशन दिएको मन्त्री पुनको निजी सचिवालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ।

यसअघि बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने समेत निर्णय गरेको थियो।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : ५४ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि