कोरोना रोक्न रघुगंगा गाउँपालिकाद्वारा ३४ लाखको आकस्मिक कोष, प्रत्येक वडामा क्वारेन्टाइन | Khabarhub Khabarhub

कोरोना रोक्न रघुगंगा गाउँपालिकाद्वारा ३४ लाखको आकस्मिक कोष, प्रत्येक वडामा क्वारेन्टाइन


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि  ३४ लाख रुपैयाँको आकस्मिक कोष स्थापना गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन पनि स्थापना गर्ने भएको छ ।

बिहीबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट ३० लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष भण्डारीले कोषमा व्यक्तिगत ४ लाख रुपैयाँ दिएका छन् ।

गाउँपालिकाले विश्वव्यापी महामारीको रूप लिएको कोरोना विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रमसँगै हरेक वडामा ५ बेडको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ । आठ वटै वडामा क्वारेनटाइन बनाउन आवश्यक सामागी्र खरिद गरी तीन वटा टोलीमार्फत सामान पु¥याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

उनका अनुसार सबै वडामा क्वारेनटाइनका लागि भवनहरू छानिएको छ ।

गाउँपालिकाले सरकारले जारी गरेको लक डाउनको समयमा विपन्न र असहाय नागरिकलाई खाद्यान्न वितरण गर्ने तयारी पनि गरेको छ । विहान बेलुकाको खानाको अभाव हुने विपन्न परिवारलाई वडा कार्यालहरूको सिफारिसमा खाद्यान्न उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन जनचेतनामूलक अभियानसँगै जनप्रतिनिधि, युवा, आमा समूह लगायतको माध्ययमबाट हरेक वडामा पछिल्लो दुई सातायता विदेशबाट आएका व्यक्तिहरूको तथ्यांक संकलन गर्ने भएको छ । उनीहरूलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गरिने छ ।

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको सुरक्षाको लागि १७ थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) समेत खरिद गरेको गाउँपालिकाले जनाएको छ ।

चिनियाँ पर्यटक प्रहरीको जिम्मा

यसैबीच रघुगंगा गाउँपालिकाको बेगखोलमा भेटिएका दुई जना चिनियाँ नागरिकलाई प्रहरीको जिम्मा लगाइएको छ ।

स्थानीय पत्रकार दलप्रसाद तिलिजाले दिएको जानकारी अनुसार दुई महिनाअघि नै नेपालमा आएका ती चिनियाँ नागरिकलाई बेगखोला धुबीबोटस्थित एक रेष्टुरेन्टबाट स्थानीयबासीले सम्मानपूर्वक प्रहरीलाई जिम्मा लगाएको

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न गाउँपालिकाले स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँ प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । सोही अनुसार ती चिनियाँ नागरिकलाई प्रहरीको जिम्मा लगाइएको स्थानीयको भनाइ छ । चिनियाँ नागरिकसँग नेपालमा बस्न मिल्ने अझै ८ दिनको भिजिट भिसा रहेको छ ।

जिल्लाका अन्य स्थानीय तहले समेत स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेमा सदरमुकामसम्म लैजाने तर गाउँमा घुम्न जाने नदिने प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : १० बजे

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

गण्डकी– लमजुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण