विदेशबाट आएका १८२ होम क्वारेन्टाइनमा « Khabarhub

विदेशबाट आएका १८२ होम क्वारेन्टाइनमा


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ ।

जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको खोजी कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन ।

उनका अनुसार हालसम्म १८२ जना सम्पर्कमा आएका छन् ।

जिल्लाको महाशिला गाउँपालिकाबाट १५, विहादी गाउँपालिकामा ३८, कुश्मा नगरपालिकामा ३९, मोदी गाउँपालिकामा १०, जलजला गाउँपालिकामा २९ र फलेवास नगरपालिमा ६१ जना विदेशबाट फर्किएका भेटिएका हुन् ।

विदेशबाट फर्किएकामा अधिकांश छिमेकी मुलुक भारतबाट फर्किएका छन् भने त्यसबाहेक दक्षिण कोरिया, बेलायत, जापान, बेल्जियम, कतार, साउदी अरब, दुबई, ओमन र दक्षिण अफ्रिकाबाट आएका छन् ।

उनीहरु प्रत्येकको घरमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चै ठकुरीले जानकारी दिए ।

विदेशबाट फर्किएकामा अहिलेसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि उनीहरुलाई घरमै पुगेर सुरक्षित बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ३७ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज