कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने « Khabarhub

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ ।

सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको जानकारी दिए । उनका अनुसार कोषमा अझै रु २० करोड पनि आउने क्रममा रहेको छ ।

सरकारले कोषमा रकम जम्मा गर्ने भनेपछि सांसद, कर्मचारी, उद्योगीले योगदान गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन् ।

यसैगरी राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीन दिनको तलव वरावरको तलव कोषमा जम्मा गर्ने भएका छन् ।

गत आइतवारबसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : २८ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड