प्रदीप भन्छन् – लकडाउनमा सबैले साथ दिऔं « Khabarhub

प्रदीप भन्छन् – लकडाउनमा सबैले साथ दिऔं


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्का फिल्म ‘प्रेमगीत ३’ को शूटिङमा लामो समय व्यस्त रहे । उनले यो फिल्मका लागि अरु फिल्म नै गरेनन् । व्यस्तताका कारण फुर्सद मिलाउन नपाउने प्रदीप यतिबेला भने सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

फुर्सदिला भएका बेला उनी फिल्म ‘प्रेमगीत ३’ को प्रचारमा जुटेका छन् । फिल्मको अनलाइन प्रचारमा समेत खटिएका प्रदीप कोरोनाको संक्रमण हुनबाट सबै सजग रहन आग्रह गर्छन् ।

‘कोरोनाबाट सजग रहन जरुरी छ, सरकारले गरेको लकडाउनलाई सबैले साथ दिऔं ।,’ उनी भन्छन् ।

सेल्फ क्वारेन्टाइनमा बसेका प्रदीप भोलि रोग लागेपछि सचेत हुनुभन्दा अहिले नै सचेत हुनुपर्ने बताउँछन् ।

‘कसैलाई समस्या देखिएको छ भने ख्याल गर्नुहोला या सेल्फ आइसोलेसनमा बस्नुहोला.’ उनी अनुरोध गर्छन् ।

सरकारले वैशाख १८ गतेपछि फिल्म प्रदर्शनमा रोक लगाएपछि चैत्र २८ मा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ स्थगित भएको थियो । फिल्ममा प्रदी‌प खड्का शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : २७ बजे

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही