कोरोना भाइरसको संक्रमणबाट जोगिन एल आकारमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट जोगिन एल आकारमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एल आकारमा बसेर गफगाफ गर्ने तथा काम गर्दा कोरोना भाइरसको जोखिमबाट जोगिन मद्दत मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस थुकको माध्यमबाट छिटो सर्ने भएकाले एल आकारमा बस्दा छिटा नपर्ने मन्त्रालयको ठहर छ ।
मन्त्रालयले शुक्रबार कोरोना भाइरसका विषयमा गरेको भिडियो कन्फेरन्समा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले एल आकारमा बस्न र कम्तिमा एक मिटरको दूरीमा रहन आग्रह गरेका हुन् ।

‘सबै दाजुभाई तथा दिदिबहिनीहरुलाई मेरो अनुरोध के छ भने कम्तिमा पनि एक मिटरको डिस्टेन्समा बसेर बजारमा जादा पनि सामानहरु किन्दा पनि हरेकले एक मिटरको डिस्टेन्समा बसेर मात्र सामानहरु खरिद गरौं,’ कार्कीले भने, ‘एकअर्काको आम्नेसाम्ने हुने गरी गफ नगरौं, कम्तिमा एल आकारमा बसेर गफ गरियो भने हामी धेरै भन्दा धेरै कोरोना सर्नबाट जोगिन्छौं ।’
रुघाखोकी लागेको छ भने मास्क प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : ४६ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार