लकडाउन उल्‍लंघन गर्नेलाई मेसिनको सहयोमा समात्दै प्रहरी « Khabarhub

लकडाउन उल्‍लंघन गर्नेलाई मेसिनको सहयोमा समात्दै प्रहरी


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्नेलाई मेसिनको सहयोगमा प्रहरीले पक्राउ गर्न थालेको छ ।

मानिसबाट मानिसमा तीव्रगतिमा सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले मेसिनको सहयोगमा लकडाउनको उल्लंघन गर्नेलाई पक्राउ गर्न थालेको हो ।

लकडाउनको चौथो दिन चलिरहँदा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई धमाधम पक्राउ गरेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किदिएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो।

निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ। प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थुक वा र्‍यालयबाट कोरोना भाइरस सर्ने जोखिम बढेपछि मेसिनको प्रयोग गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताए।

सडकमा निस्किएकालाई अहिले परिसरको टोलीले दुईवटा समूह बनाएर पक्राउ गरिरहेको उनले बताए ।

यो मेसिनको प्रयोग गरेर लक डाउनको चौथो दिन प्रहरीले ५० जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : ३९ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको