आइसोलेसन निर्माणका लागि धरानस्थित बीपी अस्पतालका चार विभाग खाली | Khabarhub Khabarhub

आइसोलेसन निर्माणका लागि धरानस्थित बीपी अस्पतालका चार विभाग खाली


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- कोरोना भाइरसको जोखिम रोक्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानल चारवटा विभाग खाली गरेर आइसोलेसन वार्ड निर्माणको तयारी थालिएको छ ।

आइसोलेसन वार्ड निर्माणका लागि  हाडजोर्नी, नाक कान घाँटी, छाला र आँखा वार्डका बिरामीलाई अन्यत्र सारेर खाली गराइएको प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले जानकारी दिए ।

त्यहाँ रहेका बिरामीलाई मेडिसिन वार्डमा राखिएको छ । प्रदेश १ मा कोरोना संक्रमित बढ्ने सम्भावनालाई हेरेर थप आइसोलेसन बेड तयारी गरिएको उनले जनाए । यसअघि प्रतिष्ठानले २० वटा बेड भएको पेइङ वार्डलाई आइसोलेसन वार्ड बनाएको थियो ।

नियमित ओपिडी सेवा नचलेका कारण वार्डमा बिरामीको चाप पनि नभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा अहिले २० बेडको आइसोलेसन रहेको छ । प्रत्येक वार्डमा ३० देखि ३४ बेड रहेका थिए । अब प्रतिष्ठानमा करिव १ सय ५० बेडको आइसोलेस वार्ड बनाइनेछ ।

हाल प्रतिष्ठानमा सातजनालाई आइसोलेसन वार्डमा राखिएको छ । ५४ जना प्रतिष्ठानको सम्पर्कमा आएकाहरूलाई विभिन्न क्वारेन्टाइनमा बस्न रेफर गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : ५४ बजे

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमाथि १४ गते सुनुवाइ हुने

काठमाडौं – राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको

जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई

कुलमानले काटिदिए उद्योगको बिजुली, निजी क्षेत्रको गुनासो : न्याय खोज्न अब कहाँ जाऊँ ?

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचमा डेडिकेटेड फिडर र ट्रंकलाइन