विभिन्न स्थानबाट उद्धार गरिएका ३०७ जना विदेशी पर्यटक स्वदेश फर्किए  « Khabarhub

विभिन्न स्थानबाट उद्धार गरिएका ३०७ जना विदेशी पर्यटक स्वदेश फर्किए 


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मन दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमान मार्फत बिहीबार उनीहरुको देशमा पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै, कामदारको रुपमा रहेका तर काम रोकिएर अलपत्र परेका नेपाली नागरिकहरुलाई आआफ्नो गृह जिल्ला पु¥याउन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको पनि गृहमन्त्रालयले जनाएको छ ।

हालसम्म रुपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लाबाट उद्धार भइसकेको मन्त्रालयले जनाएको छ । अन्य जिल्लाहरुमा त्यस्ता अलपत्र परेका नागरिकहरु भए उद्धार गर्ने कार्यमा समन्वय गर्न  गृहले निर्देशन दिएको छ ।

गृहमन्त्रालयले विदेशबाट नेपालमा आएर यातायात आवागमन रोकिएको कारण देशका विभिन्न स्थानहरुमा अलपत्र परेका पर्यटहकरुलाई हवाई वा स्थल सवारी साधनहरुबाट उद्धार गर्ने काम भइरहेको जनाएको छ ।

मुस्ताङ, कास्की, सोलुखुम्बु लगायतका विभिन्न जिल्लाहरुमा अलपत्र परेका विदेशी पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा हवाई तथा स्थल सवारी साधनहरु मार्फत उद्धार गरी ल्याउने काम भइरहेको गृहले जनाएको छ ।

काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि प्रयास भएको पनि गृहले जनाएको छ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल नुवाकोट जिल्लाको ओखरपौवामा देखिएको समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाका प्रमुख समेतको उपस्थितिमा छलफल भएको जनाइएको छ ।

बिहीबारै सुरक्षा निकायका प्रमुखहरुसँग पनि बैठक भएको छ । मालबाहक सवारी साधनको आवागमनमा उत्पन्न द्विविधा अन्त्य आवश्यक उपाय अवलम्बन गरेको गृहमन्त्रालयले जनाएको छ । औषधी, खाद्यवस्तु, पानी, दुध, फलफुल, तरकारी, पशुपक्षी र माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने साधनलाई सुचारु गर्ने त र यात्रु ओसारपसार गर्न नपाउने गरी मिलाउने निर्देशन दिएको गृहमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

कुनै गुनासो, सल्लाह एवं सुझाव भए टोल फ्रि नम्बर ११४९ मा सम्पर्क गर्न पनि गृहमन्त्रलयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया