नेपालमा कोरोनाको चौथो संक्रमण, धनगढीका एक जना संक्रमित | Khabarhub Khabarhub

नेपालमा कोरोनाको चौथो संक्रमण, धनगढीका एक जना संक्रमित


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट चौथो ब्यक्ति संक्रमित भएका छन् ।

उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको जनाइएको छ । संक्रमितको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ ।

दुबईबाट आएका ३४ बर्षीय पुरुष गत चैत्र ११ गते धनगढीमा उपचारका लागि भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै कोरोना भाइरसको संक्रमण उपत्यका बाहिर पनि फैलिएको पुष्टि भएकाले उनले घरभित्रै रहेर लकडाउनको पालना गर्न उनले आग्रह समेत गरेका छन् ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/watch/?v=1091070171249900

यसअघि नेपालमा गत माघ ९ गते पहिलो पटक एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यसको दुई महिनापछि यही चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएकी १९ बर्षीय नेपाली युवतीमा पनि कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले गत सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो ।

त्यसलगत्तै कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले मंगलबारदेखि एक साताको लकडाउन गरे पनि त्यसको भोलिपल्टै बुधबार दुवईबाट आएका धादिङका ३२ बर्षीय नेपाली युवा पनि कोरोना भाइरसबाट संक्रमित भएको खुलेको थियो ।

कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु दुबैको अवस्था सामान्य रहेको छ ।

कोरोना भाइरसकै संक्रमणको आशंकामा टेकु अस्पतालमा रहेका दुई संक्रमित बाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : १९ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र