लक डाउनपछिको वायुमण्डल « Khabarhub

लक डाउनपछिको वायुमण्डल


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइसर (कोभिड-१९) संक्रमणले विश्वभर झण्डै २७ हजार तीन सय ५२ मानिसको मृत्यु भएको छ । झण्डै ५ लाख ९६ हजार मानिस संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न यातायात र औद्योगिक गतिविधि ह्वात्तै घट्दा विश्व वातावरणमा भने सकारात्मक प्रभाव परेको देखिएको छ । वायुमण्डलमा हानिकारक ग्यासको मात्रा ठूलो परिमाणमा घटेको छ ।

वायु प्रदूषणमा मुख्य भूमिका हुने नाइट्रोजन डाइअक्साइड र कार्बन डाइअक्साइडको उत्सर्जन भारी मात्रामा घटेको छ । बढ्दो विश्व तापमानमा यसको सकारात्मक प्रभाव पर्ने अपेक्षा अनुसन्धाताहरूको छ ।

युरोपियन इन्भारोमेन्ट एजेन्सी (इइए) का अनुसार इटलीको मिलान शहरमा सन् २०२० को पहिलो चार हप्ताको तुलनामा पछिल्लो चार हप्तामा नाइट्रोजन डाइअक्साइडको मात्रा २४ प्रतिशतले घटेको छ । यो मार्च १६ देखि २२ सम्ममा गत वर्षको सोही साताको तुलनामा २१ प्रतिशतले घटेको छ ।

यसैगरी इटलीकै अर्को शहर बेर्गामोमा यही मार्च १६ देखिको एक सातामा नाइट्रोजन डाइअक्साइडको सघनता सन् २०१९ को सोही साताको तुलनामा ४७ प्रतिशत र राजधानी शहर रोममा २६ देखि ३५ प्रतिशतसम्म घटेको छ ।

युरोपको अर्को देश स्पेनको बार्सिलोनामा एक सातामा नाइट्रोजन डाइअक्साइडको मात्रा ४० प्रतिशतले घटेको छ । सन् २०१९ को सोही साताको तुलनामा भने ५५ प्रतिशत कम हो ।

स्पेनको राजधानी म्याड्रिडमा एक साताका ५६ प्रतिशत र गत वर्षको सोही साताको तुलनामा ४१ प्रतिशतले घटेको छ ।

पोर्चुगलको लिस्वनमा एक सातामा ४० प्रतिशत र गत वर्षको सोही साताको तुलनामा ५१ प्रतिशतले घटेको छ ।

इइएले युरोपभर वायु प्रदूषणमापक ४ हजार केन्द्रबाट वायुको गुणस्तरण मापन गरिरहेको छ । यी केन्द्रहरूले प्रत्येक घण्टाको विवरण इइएमा पठाउँछन् ।

वायुमण्डलमा नाइट्रोजन डाइअक्साइडको मात्रा बढी हुँदा मानवस्वास्थ्यमा गम्भीर असर पर्छ । यसले श्वासप्रश्वाससम्बन्धी समस्या बढाउँछ, रोगप्रतिरोधात्मक क्षमता घटाउँछ र मुटुमा पनि असर पुर्‍याउँछ ।

नाइट्रोजन डाइअक्साइड उत्सर्जनको मुख्य स्रोत उद्योग र सडकमा गुड्ने यातायातका साधानहरू नै हुन् । विश्वव्यापी महामारीको यो समयमा सबैजसो उद्योग र यातायातका साधन बन्द छन् । अध्येताहरूका अनुसार नाइट्रोजन डाइअक्साइड उत्सर्जन विश्व आर्थिक गतिविधि मापनका लागि उत्तम सूचक हुन सक्छ ।

इटली युरोपका मुख्य औद्योगिक मुलुकमध्ये एक हो । इटलीको कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २४ प्रतिशत छ ।

यता चीनमा पनि नाइट्रोजन डाइअक्साइडको उत्सर्जन ह्वात्तै घटेको छ । चीन विश्वको महत्वपूर्ण औद्योगिक मुलुकका रूपमा रहेको छ । विश्वव्यापी हरितगृह ग्यास उत्पादनमा चीन एक अग्रणी मुलुक हो ।

हुबेइ प्रान्तको वुहान शहरमा कोरोना भाइरस संक्रमणका कारण फेब्रुअरीको मध्यदेखि लक डाउन भएयता वुहानमा नाइट्रोजन डाइअक्साइड उत्सर्जन करिब शून्य रहेको छ ।

अमेरिकी संस्था नासाले सार्वजनिक गरेका तस्विरहरूले चीनमा नाइट्रोजन डाइअक्साइड उत्सर्जन ठूलो परिमाणमा घटेको देखाएका छन् ।

फिनल्याण्डको सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एअरका अनुसार पछिल्ला चार हप्तामा चीनमा कार्बनडाइअक्साइड उत्सर्जन २५ प्रतिशतले घटेको छ ।

भारतका मुम्बई र पुने शहरमा यही मार्च यता नाइट्रोजन डाइअक्साइड उत्सर्जन ४५ प्रतिशतले घटेको छ । अर्को औद्योगिक शहर अहमदावादमा ५० प्रतिशतले घटेको छ । नाइट्रोजन डाइअक्साइड उत्सर्जनको यो न्युनीकरण सन् २०१८ र सन् २०१९ को सोही अवधिको तुलनामा हो । राजधानी शहर दिल्लीमा भने खास घटेको छैन तर घट्ने क्रम भने देखिएको छ ।

दिल्ली संसारकै प्रदूषितमध्येको एक शहरमा पर्छ । यो साताको सोमबार दिल्लीको वायु प्रदूषण इन्डेक्स ९३ रहेको थियो । सन् २०१९ को मार्चमा यो इन्डेक्स सरदर १६१ थियो ।

भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि र सरकारले लक डाउन घोषणा गरेपछि सडकमा यातायातका साधान ठप्प भएका छन् भने उद्योगहरू नगन्यरूपमा चलेका छन् । यसले वायु प्रदूषण घटाएको छ ।

संयुक्त राज्य अमेरिकाको ठूलो जनसंख्या कोरोना भाइरसको त्रासका कारण घरमै रहँदा स्याटलाइट दृश्यहरूले वायु प्रदूषण घटेको देखाएका छन् ।

मार्च महिनाको तीन हप्तामा लिइएका तस्विरहरूले अमेरिकाभरि गत वर्षको सोही अवधिको तुलनामा नाइट्रोजन डाइअक्साइड उत्सर्जन घटेको देखाएका छन् ।

अमेरिकन इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सीका अनुसार नाइट्रोजन डाइअक्साइड उत्सर्जनको मुख्य स्रोत कार, ट्रक, बस, ऊर्जा भट्टी आदिबाट निस्कने धुवाँ नै हो । क्यालिफोर्नियामा भारी मात्रामा वायु प्रदूषण घटेको छ ।

सन फ्रान्सिस्कोको हावामा सास फेर्दा फोक्सोसम्म पुग्ने सूक्ष्म कणहरू बितेका पाँच दिनमा गत वर्षको सोही समयको तुलनामा ४० प्रतिशतले घटेको पाइएको छ ।

विश्वभर औद्योगिक उत्पादन १५ देखि ४० प्रतिशतसम्म घट्दा कार्बन डाइअक्साइड उत्सर्जन करिब २५ प्रतिशतले घटेको पाइएको छ । (विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ०२ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले