काठमाडौंमा लकडाउनको उल्लंघन गर्ने आज बिहानै ४ सय ५० बढी पक्राउ | Khabarhub Khabarhub

काठमाडौंमा लकडाउनको उल्लंघन गर्ने आज बिहानै ४ सय ५० बढी पक्राउ


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आज लकडाउनको पाचौं दिन । काठमाडौं लगायत मुलुकका अधिकांश शहरी क्षेत्र सुनसान छन् ।

सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरेको समयमा उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइरहेको छ ।

आज बिहानमात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ४ सय ५२ जना पक्राउ परेका छन् । त्यसैगरि ९६ मोटरसाईकल र चार गाडी समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मानिसबाट मानिसमा कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले मेसिनको सहयोगमा सडकमा निस्किनेहरुलाई पक्राउ गर्न थालेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो।

निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ। प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थुक वा र्‍यालयबाट कोरोना भाइरस सर्ने जोखिम बढेपछि मेसिनको प्रयोग गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताए। प्रहरीले आम सर्वसाधारणलाई बिना काम घर बाहिर ननिस्किँन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ११ : ०० बजे

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने