कोरोना संक्रमणको जोखिम कम गर्न अख्तियारको हिरासतमा रहेका ८ जना आरोपी रिहा | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिम कम गर्न अख्तियारको हिरासतमा रहेका ८ जना आरोपी रिहा


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासतमा रहेका ८ जना आरोपितहरुलाई रिहा गरेको छ ।

सरकारले यसअघि नै सामान्य प्रकृतिको घटना र कसुरसँग सम्बन्धित आरोपित र अभियुक्तहरुलाई छाड्ने क्रम शुरु गरिसकेको थियो ।

प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले पनि कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै कारागार तथा बन्दी गृहमा भीड कम सरकारलाई निर्देशन दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले कसुरको गाम्भिर्यता र अनुसन्धानको पूर्णयता समेतलाई बिचार गरी ८ जना आरोपितलाई धरौटी लिएर तारेखमा राख्ने निर्णय भएको जानकारी दिए ।

‘कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कसुरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये हाल ८ जनालाई हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेखमा राख्ने निर्णय भएको छ,’ प्रवक्ता कोइरालाले भने ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : ३७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम