लकडाउनको उल्लंघन गर्दै ठमेलको सडकमा घुमिरहेका छन् विदेशी पर्यटक | Khabarhub Khabarhub

लकडाउनको उल्लंघन गर्दै ठमेलको सडकमा घुमिरहेका छन् विदेशी पर्यटक


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको आज पाँचौँ दिन पर्यटकहरु भने सडकमा टहलिरहेका छन् ।

काठमाडौंंबासीले घरभित्रै बसेर सरकारले अपनाएको सतर्कतालाई साथ दिइरहे पनि काठमाडौं‌को पर्यटकीय क्षेत्र ठमेल र आसपासका स्थानमा भने विदेशी पर्यटक निस्फिक्री हिँडिरहेका छन् ।

‘विदेशबाट कोरोना भित्रिएकाले विदेशी पर्यटकलाई थप कडाइ गर्नुपर्ने हो’, ठमेलका जुजुकाजी महर्जनले भने, ‘तर विदेशी पर्यटक बेलगाम घोडाजस्ता टहलिँदै हिँडेका छन् ।’ पर्यटकहरू हुल बाँधेर बाहिर निस्किँदा असुरक्षित महसुस गरेको महर्जनले गुनासो गरे ।

काठमाडौंका चोकचोकमा लकडाउनको निगरानी गर्न नेपाल प्रहरी तैनाथ छ । ठमेलको बाहिरी क्षेत्र पीपलबोट र सोह्रखुट्टेमा प्रहरीको उपस्थिति रहे पनि त्यसका भित्री भागमा शून्य छ । यही मौकाको फाइदा उठाउँदै पर्यटक डुलिरहेका छन् ।

महानगरीय प्रहरीवृत्त, लैनचौरका प्रहरी निरीक्षक भानु खड्का ठमेल क्षेत्रका पर्यटक निरगानीमै रहेको जिकिर गर्छन् । उनी भन्छन्, ‘आवतजावत गर्नैपर्ने पर्यटकलाई सवारी साधनको व्यवस्था गरेर सम्बन्धित स्थानमा पुर्‍यारहेका छौँ । विनाकामका पर्यटकलाई हिँड्डुल गर्न दिएका छैनौँ ।’

लकडाउन प्रभावकारी बनाउन वृत्तबाट १०६ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस फैलिन नदिन सरकारले सीमा बन्द र लकडाउन गरे पनि विदेशी पर्यटक घर फर्किन सकेका छैनन् ।

धेरै पर्यटक अन्नपूर्ण पदमार्गलगायत स्थानमा अलपत्र परेपछि सरकाले बिहीबार र शुक्रबार उद्धार गरेको थियो । आज (शनिबार) पनि यो क्रम जारी रहने बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ०८ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका