लकडाउनले खाद्यान्न अभाब भो, चिन्ता नलिनोस् घरमै आउँछ | Khabarhub Khabarhub

लकडाउनले खाद्यान्न अभाब भो, चिन्ता नलिनोस् घरमै आउँछ


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण खाद्यान्न अभाव हुन थालेको भन्दै सर्वसाधारणले चिन्ता जाहेर गरिरहँदा घरघरमै खाद्यान्न पुर्‍याउँने व्यवस्था सुरु भएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि सरकारले गरेको ‘लकडाउन’ ले घरमै बस्न बाध्य भएका सर्वसाधारणलाई अत्यावश्यक खाद्यवस्तु घरघरमै उपलब्ध गराउँन सरकारले व्यावसायीलाई आग्रह गरेपछि यो सेवा सुरु भएको हो ।

गृह मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले ‘लकडाउन’मा रहेका नागरिकलाई खाद्यवस्तु उपलब्ध गराउन आग्रह गरेको थियो ।

सरकारी आग्रहपछि खाद्य स्टोर, सपिङ सेन्टर, सुपरमार्केट तथा ठूला सपिङ मलले घरघरमै खाद्यवस्तु पुर्‍याउन थालेका हुन् ।

सरकारी आग्रहअघि नै विभिन्न सपिङ मल र खाद्य स्टोरले एप्स र अनलाइनमार्फत यो सेवा दिदै आएकोमा अब त्यसले समेत बैधानिकता ग्रहण गरेको छ ।

सरकारी संस्थान खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले भने मोबाइल भ्यानमार्फत टोलटोलमा खाद्यान्न पुर्‍याउँदै आएको छ ।

 

 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : १४ बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको