धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिने | Khabarhub Khabarhub

धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिने


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले धनगढी, डोटी र बैतडीमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद्को बैंठकले कोरोना रोकथाम नियन्त्रणका लागि कोरोनाभाइरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले कोषमा ४० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले सेती प्रादेशिक अस्पतालमा कैलाली र कञ्चनपुरका संक्रमितको ‘थ्रोट’ स्वावको नमुना परीक्षणका लागि सुविधासम्पन्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको बताए ।

त्यसैगरी, गरिबीको रेखामुनि रहेका र मजदुरी गर्नेहरुका लागि आर्थिक साहयता प्याकेज प्रदान गरिने पनि उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : १६ बजे

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

गण्डकी– लमजुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

एजेन्सी – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

सङ्खुवासभा– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको