पोखराबाट बसमार्फत १४८ विदेशी पर्यटक काठमाडौं पठाइयो « Khabarhub

पोखराबाट बसमार्फत १४८ विदेशी पर्यटक काठमाडौं पठाइयो


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक आज बसमार्फत काठमाडौँं पठाइएको छ ।

लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडौं सम्म पुर्‍याउन पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले स्थानीय प्रशासनसँग पहल गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार अधिकांश विदेशी राष्ट्रका राजदूतावासमार्फत आफ्ना देशका नागरिकलाई काठमाडौंसम्म पुर्‍याउने व्यवस्थाका लागि स्थानीय प्रशासनसँग पहल गरिरहेका छन् ।

फ्रान्सलगायतका केही देशले यसअघि नै हवाईजहाज चार्टर गरेर पोखराबाट काठमाडौँ लगिसकेका छन्।

आज सातवटा सवारी साधन तीन ठूला र चार सानामार्फत पर्यटकलाई काठमाडौँ पठाइएको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

आज अधिकांश पर्यटकलाई काठमाडौँ पठाइएको बताउँदै उनले बाँकी रहेका पर्यटकलाई पनि स्थानीय प्रशासनसँगको पहलमा पठाइने जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ९ : ०८ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको