सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार | Khabarhub Khabarhub

सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका–३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएपछि शनिबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको हो ।

लकडाउन भएका कारण यातायात नचलेको अवस्थामा ती महिलाको महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ ।

पाँच महिनाकी गर्भवती तामाङलाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो। शनिबार बिहानै ऐसेलुखर्क्स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेको शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडौँ सिफारिस गर्नुपरेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिए ।

तामाङको पाठेघरमा समस्या देखिएको थियो । शुक्रबार बेलुका देखिनै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँ उपचार गर्न नसकेपछि हेलिकप्टरबाट काठमाडौँमा उपचार शुरु गरिएको तामाङका पति गणेश तामाङले बताए ।

स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार गर्न नसकेपछि खोटाङ्का प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा नीजलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिएका छन् । उनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिको विशेष व्यवस्था गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १० : २९ बजे

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।