फुटबलमा कोरोना प्रभाव : सोधीखोजी नै नभएको नेपाली खेलाडीको गुनासो « Khabarhub

फुटबलमा कोरोना प्रभाव : सोधीखोजी नै नभएको नेपाली खेलाडीको गुनासो



काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीले घट्नेभन्दा पनि प्रभाव बढाउँदै गएको छ । अहिलेसम्म विश्वका १ सय ९९ राष्ट्रमा कोरोनाको संक्रमण फैलिसकेको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनाको महामारीले चीनभन्दा बढी युरोपमा असर गरेको छ । युरोपका पनि इटाली र स्पेन पछिल्लो समय इपिसेन्टर बनेका छन् ।

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा नराम्री प्रभाव पार्ने आकलन बाहिर आइरहेका छन् । सँगै यसको असर खेलकुद गतिविधिमा पनि उत्तिकै परेको छ । इटाली र स्पेनमा त झन फुटबल खेलकै कारण कोरोना फैलिएको आरोप समेत लाग्न थालेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टा र भ्यालेन्सीयाबीचको अन्तिम १६ को दोस्रो लिगको खेलबाट कोरोना संक्रमणको संख्या बढेको बताइएको छ ।

जसरी कोरोना भाइरस युरोपमा हावी हुँदै गएको छ, त्यसैगरि त्यहाँका फुटबल क्लबहरुले आर्थिक संकट झेल्नु परेको भन्दै खेलाडीदेखि आफ्ना क्लबका कर्मचारीहरुको तलब कटौती गर्न थालेका छन् ।

तबल कटौती गर्नेमा पछिल्लो निर्णय स्पेनको महारथी क्लब एट्लेटिको मड्रिडले गरेको छ । उसले खेलाडी तथा कर्मचारीको कति प्रतिशत तलब कटौती गर्ने विषय यकीन त गरेको छैन । तर, खेलाडीदेखि कर्मचारीको तलब कटौती गर्ने भनेर निर्णय भने गरिसकेको छ ।

एट्लेटिकोका सिईओ मिगुल एन्जल गिलले क्लबलाई शुचारु राख्न यस्तो निर्णय गरेको बताएका छन् ।

त्यसअघि अस्ट्रेलिया फुटबल संघले पनि आफ्ना खेलाडी र कर्मचारीहरुको तलब कटौती गर्नेे निर्णय शुक्रबार बिहान गरेको थियो । अस्ट्रलिया फुटबल संघले संकटलाई केही हदसम्म भए पनि टार्नका लागि यस्तो निर्णय गर्नु परेको बताएको छ ।

यस्तै, जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमन्डले क्लबलाई आर्थिक समस्या भएको भन्दै खेलाडीहरुसँगको सहमतीपछि २० प्रतिशत तलब काट्ने निर्णय गरेको थियो ।

कोरोनाले दिनप्रति दिन विकराल रुप लिइरहँदा क्लबहरु आर्थिक संकटमा पर्न लागेका छन् । युरोपका व्यवसायिक क्लबले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै खेलाडी र कर्मचारीको तलब कटौती गरिरहँदा नेपालका फुटबल क्लबहरु भने खेलाडीलाई घर पठाएर ‘शान्तसँग’ बसिरहेका छन् । अहिलेसम्म कुनै पनि व्यवसायिक क्लबले कोरोनले पारेको असर बारे बोलेका छैनन् ।

केही खेलाडीहरुले भने क्लब तथा अभिभावक संस्था (अखिल नेपाल फुटबल संघ– एन्फा)बाट समेत कुनै सोधीखोजी नभएको भन्दै गुनासो गरेका छन् ।

‘व्यवसायीक क्लबहरुलाई त भोलि पनि खेलाडी चाहिन्छन् होला । तर, अहिले महामारीको अवस्थामा हाम्रो अवस्थाबारे कसैले पनि सोधीखोजी गरेका छैनन्,’ खबरहबको सम्पर्कमा आएका एक फुटबल खेलाडीले भने, ‘अहिले हाम्रो अवस्था के–कस्तो छ भनेर सोधपुछ गर्ने काम मात्रै भएको भए पनि हामीलाई राम्रो लाग्थ्यो ।’

अन्तर्राष्ट्रिस्तरका ठूला क्लबहरुले खेलाडीको तलब कटौती गरिरहेको विषयमा प्रतिक्रिया दिँदै अर्का एक फुटबल खेलाडी भने नेपालको हकमा त्यो लागू हुन नसक्ने बताउँछन् । ‘महामारी नभएको अवस्थामा पनि खेलाडीहरुले नियमित र पुग्ने पारिश्रमिक पाउँदैनन् । अब महामारीको कारण देखाएर त्यो पनि कटौती गर्ने हो भने खेलाडी झन समस्यामा पर्न जान्छन्,’ ती खेलाडी भन्छन् ।

नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा कोरोना महामारीले निम्त्याएको महामारी लम्बिन गए संघ नै संकटमा पर्न सक्ने बताउँछन् ।

‘कोरोनाको महामारी लम्बिन गए संघ नै संकटमा पर्ने अवस्था आउने खतरा छ,’ शेर्पा भन्छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : ४० बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने