'लकडाउन' प्रभावकारी बनाउन नेता साहले दिए यस्ता सुझाव | Khabarhub Khabarhub

‘लकडाउन’ प्रभावकारी बनाउन नेता साहले दिए यस्ता सुझाव


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मुलुकलाई ‘लकडाउन’ गरेपछी यसलाई प्रभावकारी बनाउन महत्वपूर्ण नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद प्रभु साहले सुझाव दिएका छन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका नेता साहले जनस्तर, स्थानीय प्रशासन र सरकारबाट गरिनुपर्ने कार्यहरुको सूची नै सार्वजनिक गरी सबैमा आह्वान गरेका छन् ।

नेता साहले असहाय छिमेकीलाई मद्दत गर्नेदेखी प्रदेश स्तरमा परीक्षणको सुविधा र स्वास्थकर्मीको बिमासम्म गनुपर्ने विषय औल्याएका छन् । उनले प्रत्येक प्रदेशमा ३/३ वटा कोरोना परीक्षण ल्याबको व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन् ।

दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरुलाई घरमै राहत उपलब्ध गराउन सरकारलाई नेता साहको सुझाव छ ।

उनले स्वास्थ्यकर्मीहरुलाई आवश्यक व्यक्तिगत सुरक्षाका सामाग्रीलगायत प्रदान गर्नुको साथै सरकारले उनीहरुको बिमाको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

‘लकडाउन’लाई प्रभावकारी बनाउन नेता साहले सुझाएका विषयहरु यस्ता छन्

जनस्तरबाट गर्नु पर्ने कार्य :-

१. ‘लकडाउन’काे महत्व आफू पनि बुझ्ने र अरूलाई बझ्न मद्दत गर्ने ।

२. बदलिएकाे परिस्थिति अनुरूप आफ्नो कामको प्राथमिकिकरण गर्ने र कार्य शैली पनि बदल्ने ।

३. आफ्नो असहाय छिमेकीहरुलाई सके जति मद्दत गर्ने ।

४. अफवाहरूकाे पछाडि नलाग्ने, सरकारकाे आधिकारिक सुचनामा विश्वास गर्ने ।

५. कोरोनाको शंकास्पद बिरामी सम्बन्धि कुनै सुचना भए स्थानीय प्रशासनलाई जानकारी गराउने ।

६. कुनै कारणले बाहिर निस्किनु पर्यो भने मास्क, ग्लब्स प्रयाेग गर्ने र ३ फिटकाे दूरीमा बस्ने जस्ता सतर्कता अपनाउने र सरसफाइमा विशेष ध्यान दिने ।

स्थानीय प्रशासनद्वारा गर्ने पर्ने कार्यहरू :-

१. ‘लकडाउन’लाई व्यापक प्रचारसहित व्यवहारिक कार्यान्वयन गर्ने ।

२. अत्यावश्यक वस्तु र खाद्यान्न आपूर्तिको सहज व्यवस्था मिलाउने जसकाे लागि आफ्नो क्षेत्र भित्रका उत्पादनको श्रोत, बिक्री केन्द्रहरू र सबै स्टाेरहरूकाे रेकर्ड राख्ने, बिक्री बितरणकाे समय र तरिका बारे आम नागरिकलाई अग्रिम जानकारी गराउने र आपूर्ति र दररेटमा सक्रिय निगरानी सहित गलत गर्नेलाई कारवाही गर्ने ।

३. दैनिक ज्यालादारीमा आश्रित परिवारलाई तुरून्त राहत घरमा उपलव्ध गराउने ।

४. ‘लकडाउन’काे अवज्ञा गर्ने वा काेराेना भाईरस बारे गलत प्रचार गर्ने कार्यलाई नियन्त्रण गर्ने र गलत गर्नेलाई कडाइ पुर्वक कारवाही गर्ने ।

५. देश बाहिरबाट आएका व्यक्तिलाई तुरून्त क्वारेन्टाइन पठाउने र संकास्पद बिरामीहरूकाे परिक्षणकाे व्यवस्था मिलाउने ।

६. आफ्नो एरिया भित्रकाे सरकारी वा निजी सबै स्वास्थ्य उपचार केन्द्रहरूकाे रेकर्ड राख्ने र परिचालन गर्ने ।

राेकथामकाे लागि सरकारले गर्नुपर्ने कार्य :-

१. प्रयाप्त टेस्ट ल्यावकाे व्यवस्था गर्ने (प्रत्येक प्रदेशमा ३/३ वटा )

२. केन्द्र प्रदेश र स्थानीय तह सबैले आफ्नो क्षमता अनुसार क्वारेन्टाइनको व्यवस्था गर्ने ।

३. सबै अस्पताल र क्वारेन्टाइन सेन्टरमा आअव उपचार सामग्री र प्रबिधि तुरून्त उपलब्ध गराउने ।

४. सबै स्वास्थ्यकर्मी , एम्बुलेन्स ड्राइभर, परिक्षणमा खटिएका सुरक्षाकर्मीसमेतलाई माक्स, ग्लब्स, स्प्राेन, चस्मा, जुत्ता लगायतका पीपीई उपलब्ध गराउने ।

५. क्वारेन्टाइनमा बसेकाहरूलाई खानपिन र सरसफाइ सहित राम्राे प्रबन्ध गर्ने ।

६. अस्पतालहरूकाे वर्गीकरण गर्ने । सबै अस्पताललाई सुरक्षा निकायकाे निगरानीमा एकीकृत ढंगले परिचालन गर्ने ।

७. स्वास्थ्यकर्मिकाे उच्च मनाेवलका लागि बिमाकाे व्यवस्था वा अन्य सुविधा घोषणा गर्ने ।

८. केन्द्र सरकारकाे पहलमा जिल्ला जिल्लामा २/२ वटा सुबिधा सम्पन्न क्वारेन्टाइन र प्रदेश सरकारको पहलमा प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा क्वारेन्टाइन निर्माण गर्ने , जसमा उपचारको पनि व्यवस्था गर्ने।

९. प्रत्येक स्थानिय तहमा ५० वेडकाे कम्तीमा १/१ वटा क्वारेन्टाइन निर्माण गर्ने ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ३१ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन