दलको नेतामा पराजित मुख्यमन्त्री भन्छन्- ‘राजीनामा दिनुपर्ने कुनै कारण छैन « Khabarhub

दलको नेतामा पराजित मुख्यमन्त्री भन्छन्- ‘राजीनामा दिनुपर्ने कुनै कारण छैन


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा नदिने दोहोर्‍याएका छन् । प्रदेश राजधानी हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको दाबी गरे । 

‘राजीनामा दिनुपर्ने कुनै कारण छैन । हामी संविधानअनुसार चल्छौँ,’ संसदीय दलको नेतामा पराजित भए लगत्तै लामाले भने, ‘संविधानले जे व्यवस्था गरेको छ, त्यसैअनुसार अघि बढ्ने हो ।’

उनी बुधबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग संसदीय दलको निर्वाचनमा पराजित भएका छन् । कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँको पक्षमा २२ र  मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको छ । 

एक मत बदर भएको छ । यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको मत बहुमतले पारित भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ४४ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी