बजारमा तरकारीको मूल्य बढ्यो, ‘लकडाउन’का बीच पसलहरुमा उपभोक्ताको भीड « Khabarhub

बजारमा तरकारीको मूल्य बढ्यो, ‘लकडाउन’का बीच पसलहरुमा उपभोक्ताको भीड


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण सरकारले देश ‘लकडाउन’ गरेपछि तरकारी र फलफूल आपूर्ति ठप्प छ । जसकारण बजारमा तरकारी र फलफूल अभाव देखिन थालेको  फलफूल तथा तरकारी व्यवसायीले बताएका छन् ।

काउली, आलु, टमाटर (गोलभेडा), हरियो साग, चुच्चे करेला, तिते करेला, घिरौला, हरियो काँक्रो लगायत उच्च माग हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्ता तरकारी आयात नै रोकिएपछि तरकारको अभाव हुन थालेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

बजारमा तरकारीको अभाव हुन नदिन र प्रभावकारी बनाउनका लागि आफूहरूले पहल गरिरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताएका छन् । तरकारी जस्तो अतिआवश्यक वस्तु आपूर्तिमा सरकारले ‘लकडाउन’ नगरेका कारण बजारमा अभाव नहुने समितिका उपनिर्देशक श्रेष्ठको दाबी छ ।

कालिमाटी बजारमा आएका तरकारी बिक्री भएको अवस्थामा आफूले आपूर्ति जति पनि गर्ने भनेर तरकारी व्यवसायीलाई सहज बनाउन आग्रह गरेको उपनिर्देशक श्रेष्ठको भनाइ छ ।

तरकारीको मुल्य अकासियो

काठमाडौं उपत्यकामा तरकारी आपूर्ति आधाभन्दा धेरै घटेको छ । सामान्य अवस्थामा दैनिक ८ सय टन तरकारी भित्रिने कालिमाटी तरकारी तथा फलफूल बजारमा पछिल्लो २ दिनमा करिब ४ सय मेट्रिक टनका दरले तरकारी आउन थालेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

बिहीबार २ सय ५० टन र शुक्रबार ३ सय ५० टनभन्दा केही बढी तरकारी आयात भएको अध्यक्ष घिमिरेले बताए । भारतमा सामान्य अवस्थामा ४ सय टनसम्म तरकारी आयात हुने गरेकामा अहिले दैनिक १ सय टन मात्र आयात भइरहेको उनको भनाइ छ ।

कालिमाटी बजारमा ९५ रुपैयाँमा कारोबार भएको गोलभेँडा उपभोक्ताले १ सय ३० रुपैयाँ हालेर किन्नु परिरहेको छ । यस्तै, कालिमाटीमा ६५ मा पाइने प्याज बजारमा ९० रुपँयौ पुगेको छ । कालिमाटी बजारमा तरकारी किन्ने उपभोक्ताको भिड बढ्न थालेपछि व्यवसायी चिन्तित छन् । कालिमाटी बजार बिहान २ बजे खुलेर ६ बजे बन्द हुने गरेको छ ।

बजारमा तरकारीको अभाव देखिन थालेपछि उपभोक्ता मारमा परेका छन् । एकतिर तरकारी पाउँदैन भने अर्कोतिर मुल्य समेत बढ्न थालेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  २ : २९ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता