अहिले एमाले र देश दुवैमा ओलीको विकल्प छैन : पृथ्वी सुब्बा गुरुङ « Khabarhub

अन्तर्वार्ता

अहिले एमाले र देश दुवैमा ओलीको विकल्प छैन : पृथ्वी सुब्बा गुरुङ

ईश्वर पोखरेलले पछि हटेकै राम्रो



काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ २०८१ असारमा बनेको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री हुनुअघिसम्म केपी शर्मा ओलीका कडा आलोचक थिए । ३१ असार २०८१ मा दौरा सुरुवाल सिलाइसकेका एमाले सचिव योगेश भट्टराईको नाम काटेर गुरुङलाई ओलीले मन्त्री बनाएका थिए । त्यसपता गुरुङको स्वर बदलिएको छ। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको एक कारण भनेर आलोचना पनि खेपेका उनी एमालेको एघारौँ महाधिवेशनमा ओलीको विकल्प नरहेको बताइरहेका छन् । एमालेको यही मंसिर २७ गतेदेखि काठमाडौँमा हुन लागेको ११ औँ महाधिवेशनमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। त्यस प्रतिस्पर्धामा आफूले ओलीलाई साथ दिने उनले बताएका छनु । आफू ओली समूहबाटै उपाध्यक्ष बन्ने योजना गुरुङले बनाएका छन्।

कुराकानीमा गुरुङले वरिष्ठ उपाध्यक्ष पोखरेललाई दाबेदारी फिर्ता लिएर ओलीलाई सहयोग गर्न भने । गुरुङ एमाले र देशमै ओलीको विकल्प नरहेको बताउँछन् । अप्ठ्यारो बेलामा ईश्वर पाखेरेलले पनि ओलीलाई साथ दिनुपर्ने तर्क गर्छन् । उनी जेन–जीप्रति ओली नकारात्मक नभएको बताउँदै उनीहरूको आन्दोलनमा घुसपैठ भएको दाबी गर्छन् । यही सेरोफेरोमा गुरुङसँग खबरहबले छोटो कुराकानी गरेको छ ।

एघारौँ महाधिवेशन नजिकियो, कसरी प्रस्तुत हुने तयारी गर्नुभएको छ ?

अहिलेको जटिल अवस्थामा देशलाई सम्हालने र सुहाउने नेतालाई साथ दिने तयारी गरेको छु । पाए त अध्यक्ष नै लड्छु भनेको तर म जित्दिनँ । महासचिव पनि मलाई मिल्दैन जस्तो लागेको छ । त्यसैले यस पटक उपाध्यक्ष हुन्छु ।

उपाध्यक्ष पद दिन्छन् त ?

नदिएर हुन्छ र म त महासचिव माग्दै छु । तर पनि पार्टीमा एकताका लागि पद भन्दा एक मन र एक चित्त हुनु आवश्यक छ ।

कुन टिमबाट महासचिव हुने ?

ईश्वर कमरेडले पनि अध्यक्ष दाबी गर्नुभएको छ । तर, उहाँ सहमतिमा आउनुहुन्छ होला । उठ्ने भन्ने कुरा ठूलो भएन । उहाँ वरिष्ठ उपाध्यक्ष हो । बोल्न पाउनुहुन्छ । यदि उहाँ साँच्चिकै उठ्ने हो भने मैले सुरुवातबाटै भन्दै आएको छु, एमालेमा अहिले केपी कमरेडको विकल्प छैन । उहाँले पार्टी बैठकमा कुरा राख्नुभएर आफ्नो वक्तव्य पनि जारी गर्नुभएको छ । उठे पनि उहाँले जित्ने सम्भावना कम छ ।

उसोभए यहाँले ओलीलाई नै सहयोग गर्नुहुन्छ ?

हो, म उहिलेबाटै उहाँलाई नै अध्यक्ष बनाउनुपर्छ भनेर लागेको हो । मैले त बोलिरहेको कुरा हो । उहाँको विकल्प छैन । फेरि पार्टी हाँक्ने, यो जटिल परिस्थिति सामना गर्ने नेता हामीलाई चाहिएको छ । देश र एमालेले उहाँलाई खोजेको छ । निर्विकल्प ओली नै अबको अध्यक्ष हो ।

अध्यक्ष ओली त पार्टी र देशकै नेतृत्वमा पनि असफल हुनुभएन र ?

कसले भन्छ र त्यस्तो ? हाम्रो अध्यक्ष असफल हुनुभयो भन्ने कुरा नै गलत छ । म यसको प्रतिवाद गर्छु । अहिलेको अवस्थामा ओलीबाहेक देशलाई निकास दिने नेता एमालेमा छैन । देशमा पनि छैन । जेन–जी आन्दोलनलाई उहाँले कहिले गलत भन्नुभयो र ? घसुपैठ भयो भन्नुभएको हो । असल जेन–जीको माग सम्बोधन हुनुपर्छ भनेर उहाँ लाग्नुभएकै छ । त्यसकारण यो भाष्य नै गलत छ । जेन–जी आन्दोलनमा उहाँले हस्तक्षेप गरेको हो र ? बाह्य शक्तिले खेलेका होइनन् र ? यसकारण यो सबै एमाले असफल बनाउने योजनाबद्ध षडयन्त्र मात्रै हो ।

तर ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे लगायतले ओली असफल भए भन्दै हुनुहुन्छ । जेन–जी पनि त्यही भन्छन्, किन फेरि यहाँहरू उहाँलाई बोकेर हिँड्नुहुन्छ ?

नेतालाई अप्ठ्यारोमै साथ दिने हो । जेन–जी आन्दोलनको सफलता र असफलता पार्टीमा नाप्न मिल्दैन । को हो उहाँहरू परीक्षण गर्ने ? असली जेन–जीले त ओलीलाई साथ दिएका छन् । महाधिवेशन आएपछि नेताहरूले आरोप लगाउनु भएको हो । कहिलेकाहीँ नेताबाट गल्ती हुन्छ । तर गल्ती हुँदैमा असफल भन्न मिल्दैन । अनुसन्धान होला नि । त्यसैले अहिले महाधिवेशनको फाइनल गेम सुरु भएको छैन । म ईश्वर कमरेडलाई के भन्छु भने, एमाले बचाउन र देशको शक्ति बन्न पछि हट्नुहोस् । सारा नेपाल लाग्दा पनि ओलीले जित्नुभएको छ । अरूको काम छैन । बरु सहमतिमा आएर सहयोग गर्नुहोस् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : २३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा