लकडाउन एक साता लम्बियो, २५ गते मध्यरातिसम्म हिडडुलमा प्रतिबन्ध | Khabarhub Khabarhub

लकडाउन एक साता लम्बियो, २५ गते मध्यरातिसम्म हिडडुलमा प्रतिबन्ध


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले लकडाउनको समायावधि सात दिन थपेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ दिन लकडाउन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान कम्तिमा एक हप्ता बढाउन गरेको प्रस्तावमा मन्त्रीपरिषद्ले अनुमोदन गरेको हो । तर लगडाउनको अवधि चैत्र २५ गते राति १२ बजेसम्म कायम रहने बताइएको छ ।

काठमाडौंमै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

तर लकडाउनपछि पनि अरु तीन जना कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन अझ बढाउने निर्णय गरेको हो ।

यो अवधिमा अत्यावश्यक बाहेकका काममा हिडे संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : १० बजे

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक