जब दाल–चालमका बोरा बोकेर आश्रममा पुगे डीआईजी « Khabarhub

जब दाल–चालमका बोरा बोकेर आश्रममा पुगे डीआईजी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत सहयोगको अभियान थालेको छ । कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको पहलमा काठमाडौँस्थित मानव सेवा आश्रमबाट उक्त अभियान शुरु गरिएको छ ।

एनआइसी एशिया बैंकसँगको सहकार्यमा उपलब्ध भएको खाद्य सामग्री लिएर पोखरेल आफैँ आइतबार साँझ सामाखुसीस्थित मानव सेवा आश्रम पुगेका थिए । अन्य बैंक तथा व्यवसायीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो अभियान जारी रहने जानकारी दिँदै पोखरेलले समस्या परेकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

डीआईजी पोखरेलले मानव सेवा आश्रमका लागि २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटर तेल, २५ केजी नून, २५ पाकेट बेसारलगायतका खाद्य सामग्री हस्तान्तरण गरेका आश्रमका प्रवक्ता सुमन बर्ताैलाले जानकारी दिए । आश्रममा खाद्यान्नको अभाव भइरहेको अवस्थामा राहत उपलब्ध गराएको भन्दै बर्ताैलाले मानवीय कार्य गरेकामा डीआईजी पोखरेलको प्रशंसा गरे ।

उपत्यकाको तीन जिल्लाका गरी आश्रममा हाल २६० जना असहाय तथा बेसहाराले आश्रय लिइरहेका छन् । उनीहरुका लागि यो राहत सामग्री एक हप्तासम्म पुग्छ । मुलुकभरका आश्रममा भने झन्डै एक हजार १०० बेसहारा आश्रित छन् । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले मुलुकलाई ‘लकडाउन’ गरेपछि यस्ता सङ्घसंस्थामा खाद्य सामग्रीको अभाव भएको छ । त्यस्ता सङ्घसंस्था तथा दैनिक ज्याला मजदुरी गरी खाने मजदुरले दैनिक सामग्रीको समस्या व्यहोर्न नपरोस् भनी कार्यालयले उक्त अभियानको शुरुवात गरेको डिआइजी पोखरेलले बताए ।

लकडाउन भएपश्चात् असहाय, अशक्त व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिलाई अझ बढी समस्या हुन्छ । सङ्कटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाइन १०० मा खबर गर्न आग्रहसमेत डीआईजी पोखरेलले आग्रह गरेका छन् । वास्तविक समस्या भएकाहरुलाई भने सिधै आफ्नो सम्पर्कमा आउन सक्नेसमेत पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ५० बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका