लकडाउनका बेला जुवा खेल्ने ११ जना पक्राउ « Khabarhub

लकडाउनका बेला जुवा खेल्ने ११ जना पक्राउ


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै जुवा–तास खेल्ने ११ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका जुवाडेहरुको साथबाट ५७ हजार २ सय ९० रुपैयाँ नगद समेत बरामद भएको जनाएको छ ।

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका–५ सखुबनिया घर भएका ३२ वर्षीय सुरेश प्रसाथ थारु, ३० वर्षीय विनोद चौधरी, ३० वर्षकै विनय थारु, ३० वर्षकै गोविन्द कुमार थारु, ३० वर्षकै ओझैया थारु, ३५ वर्षीय शिव शंकर नुनिया, ३१ वर्षीय सूर्य नारायण पन्जियार, ३२ वर्षीय हरिस्वर प्रसाद दहेत, ४८ वर्षीय शिव जनक गौरे र ३५ वर्षीय वीरेन्द्र प्रसाद चौधरी छन् ।

प्रहरीले पक्राउ परेका ११ जनालाई नै हिरासतमा राखी थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : ४५ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक