एमाले कार्यकर्ता भेलाको तयारी तीव्र : सहभागीलाई सार्वजनिक यातायात प्रयोग गर्न आग्रह « Khabarhub

एमाले कार्यकर्ता भेलाको तयारी तीव्र : सहभागीलाई सार्वजनिक यातायात प्रयोग गर्न आग्रह


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।

भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बैठक बसेको थियो। बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए। ‘पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य छ,’ पोखरेलले भने।

संगठन विभाग प्रमुख ढकालका अनुसार भेलामा पालिका कमिटीबाट सबैभन्दा बढी १ हजार ५०६ जना प्रतिनिधि सहभागी हुनेछन्। यस्तै, जिल्ला तहका ४४०, केन्द्रीय सदस्य ३४६, स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष ३४२, प्रमुख तथा अध्यक्ष १९६ र प्रदेशसभाका १५५ जनाको सहभागिता रहनेछ। त्यसैगरी जनसंगठनका ९६, केन्द्रीय निकायका ८१, प्रदेश तथा प्रवासी नेपाली मञ्चका ५५ र संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना सदस्य सहभागी हुने विवरण प्रस्तुत गरिएको छ।

भेलाको उद्घाटन सत्रलाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायतको उपस्थिति रहेको बैठकमा प्रदेशका ‘फोकल पर्सन’ हरूले आ–आफ्नो क्षेत्रबाट उत्साहजनक सहभागिता जुट्ने रिपोर्टिङ गरेका थिए। यातायात व्यवस्थापनलाई सहज बनाउन एमालेले सहभागीलाई निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्नसमेत आग्रह गरेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  १ : २२ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय