यूट्वुबमा भिडियो चलेन, यसरी बनाउन सकिन्छ फास्ट (तरिकासहित) | Khabarhub Khabarhub

यूट्वुबमा भिडियो चलेन, यसरी बनाउन सकिन्छ फास्ट (तरिकासहित)


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक त भएको इन्टरनेटको गति नै सुस्त अर्कोतर्फ भिडियो हेर्न खोज्दा पनि यूट्वुबका भिडियो नचलेर तपाईं पक्कै पनि हैरान हुनुहुन्छ ।

भिडियो हेरिरहे पनि नेट स्लो भएर मजाले नचलेको पनि हुन सक्छ । भिडियो हेरिरहेको बेला कहिलेकाँही नेटवर्कको समस्या पनि हुन्छ, जसको कारण भिडियो राम्रोसँग चल्दैन र भिडियो बफरिङ्ग सुरु हुन्छ। तर यस्तो समस्या तपाईं आफैंले पनि हल गरेर समस्यारहित ढंगले भिडियो हेर्न सक्नुहुन्छ, जानिराख्नोस् यी तरिका ।

१. यूट्यूबको क्यास हटाउनुहोस्
२. भिडियो गुणस्तर बदल्नुहोस्

क्यास (cache) कसरी खाली गर्ने ?
१. पहिले तपाईंको फोन, ट्याब्लेट वा डेस्कटपमा क्रोम ब्राउजरमा जानुहोस्।
२. मेनू विकल्पमा दिइएका तीन लाइनहरूमा ट्याप गर्नुहोस्।
३. यस पछि, फोन हिस्ट्रिमा जानुहोस् र क्लियर ब्राउजिङ्ग डाटामा ट्याप गर्नुहोस्।
४. यदि तपाईँ डेस्कटपमा यूट्यूब चलाउनुहुन्छ भने मोर टूल्समा जानुहोस् र क्लियर ब्राउजिङ्ग डाटामा ट्याप गर्नुहोस्।
५. एन्ड्रोइड, म्याक र पीसी प्रयोगकर्ताहरूले डाटा मेटाउनको लागि समयको दायरा पनि चयन गर्न सक्दछन्। यद्यपि यो फिचर आईफोनहरूमा भने उपलब्ध छैन।
६. कुकीज एण्ड साइट डाटा र क्यास्ड इमेज एण्ड र फाइल्स विकल्प चयन गर्नुहोस्।
७ त्यसपछि क्लियर डाटामा क्लिक गर्नुहोस्।

यसरी बदल्नोस भिडियोको गुणस्तर
१. भिडियोको गुणस्तर परिवर्तन गर्न, यूट्यूब भिडियोको तल दायाँ वा माथि दायाँतिर दिईएको आइकनमा ट्याप गर्नुहोस्।
२.यहाँ तपाईँले भिडियोका लागि कम रिजोलुसन चयन गर्नुपर्नेछ। यो गरेपछि भिडियो पहिले भन्दा छिटो चल्नेछ।
३. यो सुविधा डेस्कटपको लागि उपलब्ध छैन।

यावत उपाय अबलम्वन गर्दा अब पक्कै पनि तपाईले यूट्वुबका भिडियो नचलेको समस्याबाट मुक्ति पाउँनुहुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : २० बजे

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान्

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा