मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी « Khabarhub

मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबीच राजनीतिक टकराव चुलिएको छ । 

डेमोक्रेटहरूले ट्रम्प प्रशासनका उच्च अधिकारी र सरकारका विभिन्न निर्णयमाथि अनुसन्धान गर्ने चेतावनी दिएपछि अमेरिकी राजनीति थप तनावपूर्ण बनेको हो ।

कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाउने डेमोक्रेटहरूले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी कारोबार, अर्बपति एलन मस्कसँग सम्बन्धित सरकारी सम्झौता, आप्रवासन नीति र इरान युद्ध सञ्चालनलगायत विषयमा अनुसन्धान अघि बढाउन सक्नेछन् । उनीहरूलाई सरकारी अधिकारीलाई बयानका लागि बोलाउने र सार्वजनिक सुनुवाइ गर्ने अधिकारसमेत हुनेछ ।

निर्वाचन परिणामपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत यसलाई अमेरिकाका लागि ठूलो धक्का भन्दै आफूहरू अझ बलियो भएर फर्किने बताएका छन् । डेमोक्रेटहरूले प्रशासनका सदस्यविरुद्ध महाभियोगको चेतावनी दिएपछि उनले त्यसलाई दबाब सिर्जना गर्ने प्रयासको संज्ञा दिएका छन् । साथै, न्याय मन्त्रालयलाई यस विषयमा अनुसन्धान गर्न निर्देशन दिएको पनि उनले बताएका छन् ।

यसैबीच, ट्रम्पले कडा आप्रवासन नीतिका योजनाकार स्टेफन मिलरलाई नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् । तर उपराष्ट्रपति जेडी भान्ससहित केही रिपब्लिकन नेताहरूले भने निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्नुपर्ने बताएका छन् ।

डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले इरान युद्ध सञ्चालनमा लापरबाही गरेको र राष्ट्रिय सुरक्षा कमजोर बनाएको आरोप लगाउँदै रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग प्रस्तावको समर्थन गरेका छन् । ट्रम्पले भने हेगसेथको बचाउ गर्दै भेनेजुएला र इरानसँगका युद्धमा अमेरिकाले सफलता हासिल गरेको दाबी गरेका छन् ।

अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले प्रशासनका अधिकारीमाथि अनुसन्धान वा कारबाहीको प्रयास भए न्याय मन्त्रालयले उनीहरूको बचाउ गर्ने बताएका छन् ।

तर, प्रतिनिधिसभाको निगरानी समितिका वरिष्ठ डेमोक्रेटिक सदस्य रोबर्ट गार्सियाले कार्यकारी शाखालाई जवाफदेही बनाउनु कङ्ग्रेसको संवैधानिक दायित्व भएको बताएका छन् । उनले भ्रष्टाचार र अमेरिकी जनताविरुद्ध भएका अपराधको अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ३ : २१ बजे

मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि

जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राखेर प्रधानमन्त्रीले सार्वजनिक गरे नयाँ ‘लुक्स’

काठमाडौं– अमेरिकी र्‍यापर जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र

ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउने र लुटपाटले विश्वमा नेपालीको बदनाम भयो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम

तिहारका पटाकाले बढाउँछ प्रदूषण

काठमाडौँ– आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र

घोप्टेभीरको पहिरोले अस्तव्यस्त पृथ्वी राजमार्ग (तस्बिरहरु)

काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा